झण्डै ६ करोडको बस्ती बनाउँदा ६० लाख ऋण बोकेर धुर्मुस-सुन्तली रौतहटबाट फर्किए
रौतहट, २६ माघ । धुर्मुस सुन्तली ६० लाख ऋण बोकेर काठमाडौं फर्किएका छन् । रौतहटको चन्द्रपुर-८ स्थित सन्तपुरमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माण गरेर धुर्मुस सुन्तली काठमाडौं फर्किएका हुन् । ५ करोड ९४ लाख लागतमा एकिकृत बस्ती निर्माण गरेका धुर्मुस सुन्तली अन्नतः ६० लाख रुपैयाँ ऋणको भारी बोकेको काठमाडौं फर्किएका हुन् ।
उक्त एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले संचालन गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ६० लाख ऋण लागेको छ। माघ २३ गते बाढी पीडितलाई घर हस्तान्तरण गर्दा ७० लाख रकम अपुग भएको थियो । त्यसपछि १० लाख रकम सहयोग जुटेको छ, अझै ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनका व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए।
बस्ती निमार्णका लागि ल्याइएको सामाग्रीवापतको करिब ६० लाख रकम तिर्न बाँकी रहेको र त्यो रकम सहयोग जुट्नेमा आशावादी रहेको बस्तीका बासिन्दासँग बिदा माग्दै फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार धुर्मुसले बताए। बिदा हुँदै गर्दा धुर्मुस सुन्तलीले स्थानीयलाई सरसफाइमा विशेष ध्यान दिन, सबैजना मिलेर बस्न, छोराछोरीलाई विद्यालय पठाउन, मदिरालगायत नशालु पदार्थ सेवन नगर्न र बस्तीको हेरचाह गर्न आग्रह गरेका थिए ।
करिब ६० लाख बाँकी भएपनि तोकिएको मिती अगावै पीडितलाई घर हस्तान्तरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बाँकी रकम सहयोग गर्न उनीहरुले अपिल गरेका छन्। धुर्मुसले भने ‘बाँकी रहेको रकम चाँडै तिर्नुपर्ने छ, रकम जुट्नेमा विश्वस्त छु।’ एकसय १५ दिनमा बस्ती हस्तान्तरण गर्न पाएकोमा सबैभन्दा खुशी व्यक्ति गर्दै, असल र सकारात्मक सोच लिएर अघि बढ्दा सबैबाट साथ र सहयोग पाएकाले मानवसेवामा लागिरहने प्रेरणा मिलेको समेत उनीहरुले बताए।
असोज २८ गते बाट निमार्ण सुरु गरेको नमुना बस्तीमा ४७ वटा आवसीय घर, बाल विकास विद्यालय, बाल उधान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावर, खानेपानीको धारा र बाटो निमार्ण गरिएको छ। बिदा हुँदैगर्दा धुर्मुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुस्तौ देखि पीडा त छदै थियोे, खुशीको पल जीवनमा कहिलै आएन, बाढी ले झनै खुशी खोस्दियो , आज ११५ दिन मा जिन्दगी भरि खोसिएको खुशी फर्किएको छ! अरु भन्दा नि १०७ बर्ष पुग्नु भाको आमा ( राम कल्लिदेवी हजारा )को मुहारमा देखिएको खुशी नै तपाईं हाम्रो खुशी हो जस्तो लाग्छ ! १०७ बर्ष मा पक्की घर मा बस्न पाउदा आमा धेरै खुशी हुनुहुन्छ । उहाँ जस्तै सम्पुर्ण आमाहरुको आशिर्वाद लागिरहोस!’
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











