अब २८ हजार पर्ने सामसुङ जे सेभेन मोबाईल १ रुपैयाँमा किन्न पाईने
काठमाडौ, २९ माघ । १ रुपैयाँमै २८ हजार पर्ने सामसुङ जे सेभेन स्मार्टफोन किन्न पाईन्छ भन्दा पत्याउनु हुन्न होला तर यो सत्य हो ! त्यो पनि नेपालमै पाईन्छ । काठमाडौं सुन्धाराको सिटिसी मल चौथो तल्लामा रहेको ईजी मोबाइल केयरले यस्तो अफर ल्याएको हो ।
मोबाइल केयरले सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको हो । कम्पनीले सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।
उक्त अफरअन्तरगत अधिकतम बजार मूल्य २८,२९० तोकिएको सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले १ रुपैयाँ बुझाएरै घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
ईजी मोबाइलका अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताएका छन् ।
‘हामी पहिलेदेखि नै मोबाइल क्षेत्रमा सक्रिय कम्पनी भएको हुँदा ब्राण्डेड मोबाइल बिक्री गर्ने र बिक्रीपछिको उत्कृष्ट सेवा दिने कार्य गरिरहेका छौं । यसैको एउटा पाटोको रुपमा हामीले विभिन्न मोबाइल फोनहरु किस्तामा दिदैँ आएका छौं, मासिक किस्तामा फोन किनेर ग्राहकहरुलाई फाईदा लिन हामी आग्रह गर्दछौं ।’ अध्यक्ष पौडेलले भने ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












