त्रिदेशिय सम्बन्ध जोड्ने सडकको शिलन्यास
काठमाडाैं ८, जेष्ठ । कर्णाली प्रदेश सरकारले नेपाल हुँदै भारत र चीनलाई जोड्ने त्रिदेशीय सडक जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना सडक निर्माणको शिलान्यास गरेको छ ।
सडकका लागि चालु आर्थिक वर्षमा ३ करोड ३५ लाख १६ हजार बजेट बिनियिजन गरेको छ ।
यस सडकको दैलेख माथिल्लो डुँगेश्वरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार शिलान्यास गरेका हुन् । सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ । प्रदेश सरकारको यो सडक योजना पूर्णरूपमा निर्माण भए कर्णाली प्रदेश चीनसँग जोडिने छ ।
मुख्यमन्त्री शाहीले विकास निर्माणमा कर्णालीले फड्को मार्ने जिकिर गरे । कर्णालीका सबै ठाउँमा यातायातको पहुँच विस्तार गर्ने योजना प्रदेशको पहिलो प्राथमिकतामा रहेको उनले बताए ।
“अहिले सम्म विकासमा पछाडि परेका थियौं, अब अगाडि बढ्नका लागि कसैले पनि रोक्न सक्दैन,” उनले भने । कर्णालीमा अब कोही पनि पछि परियो भनेर पछुताउनुपर्ने अवस्था नरहने उनको भनाइ छ ।
कर्णालीलाई चीनसँग जोड्न मदत पुग्नेगरी सरकारले आफ्ना कामकारवाही तीव्र पारेको बताउँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकार नीति तथा कार्यक्रमको कार्यान्वयनमा चरणमा रहेको बताए ।
मन्त्री ज्वालाले कानुन अभावसँगै जनशक्ति र संयन्त्र अभावका कारण आगामी आर्थिक वर्षका लागि बजेटको तयारीसँगै छोटो समयमा ल्याएको बजेट खर्चिनुपर्ने बाध्यता सरकारसँग रहेको जानकारी दिए । उनले कर्णाली प्रदेश अब विकास गतिमा अघि बढेको बताए ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












