मेरा बारेमात्र धेरै कुरा आए मभन्दा माथि काम गर्ने अरु पनि छन् : गोरे
काठमाडाैं ८, जेष्ठ । साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि शर्मा गोरेले बाहिर आएजस्तो आफू त्यति ठूलो तस्कर नभएको बताएका छन् ।
बयानमा ‘गोरेले भनेका छन्, मेरा बारेमात्र धेरै कुरा आए । आजसम्म जेजति कुरा आए त्यस्तो केहि होइन आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बयान दिएको छानबिन समिति स्रोतले जानकारी दियो।
गोरेले थपेका छन्, ‘मेरा बारेमात्र धेरै कुरा आए। मभन्दा माथि काम गर्ने अरु पनि छन्। उनीहरुको बारेमा पनि खोल्नु पर्छ।’
फागुन पहिलो साता अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै रहेको गोरेले समितिलाई बताएका छन्।
‘फागुन ९ गते विमानस्थल हुदै आएको ३३ किलो सुन मोहनकै हो, त्यो सुन ठाउँमा पुर्याउने जिम्मा मेरा केटाहरूको थियो, सेटिङ मैले गरिदिएको हो, सुन लुटियो त्यसमा भुजुङ गुरुङ समूहको हात छ, मलाई सिध्याउन सुन लुटिएको हो,’ समितिसँगको बयानमा गोरेले भनेका छन।
उनले एकैदिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको पनि बताएका छन्।
‘मलाई मुख्य मान्छे भनिएको छ, म नै ठूलो मान्छे होइन, अदालतमा मुद्दा दायर भएका ६३ जनामा केही जनासँग मिलेर काम गर्ने गरिन्थ्यो, एकै दिनमा ८६ किलोसम्म सुन ल्याएका थियौं,’ गोरेले बयानमा भनेका छन्।
उनले भुजुङ गुरुङसँग पछिल्लो समयमा नराम्रो हुदै गएको पनि बताएका छन्।
‘भुजुङ र उनको सालो छिरिङले मलाई फसाउन खोजेका थिए, त्यही सिलसिलामा ३३ किलो सुन लुटिएको हो। सुन लुटेर दोष मेरो थाप्लोमा हाल्ने काम उनैले गरेका हुन् ,’ गोरेले भनेका छन्।
गोरेले आफूसँग मिलेर काम गर्ने केही व्यक्तिको बारे पनि समितिलाई सुचना समेत दिएका छन्। तीमध्ये केही उच्च प्रहरी अधिकारी पनि छन्।
समितिका संयोजक ईश्वरराज पौडेलले गोरेले दिएको सूचनाका आधारमा पक्राउ पर्न बाँकीलाई कानुनी दायरामा ल्याइने बताए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












