कर्णालीमा नियमित तालिकामै उडान भर्लान त एयरलाइनस कम्पनीले
डोल्पा १०, जेष्ठ । कर्णालीका जिल्लामा सात वर्षपछि हवाई भाडादर समायोजन भएको छ ।
नेपाल उड्ड्यन प्राधिकरणले जनाए अनुसार नेपालगञ्ज डोल्पाको भाडादर ५ हजार ३ सय १० तोकिएको छ । यसभन्दा पहिले त्यहाँको भाडादर ८ हजार ८ सय १५ रुपैया थियो ।
त्यसैगरी नेपालगञ्ज-सिमिकोट ७ हजार १ सय ९०, रारा ५ हजार ८ सय ४०,जुम्ला र बाजुराका लागि ५ हजार ४ सय ४० एकतर्फी भाडादर कायम भएको छ। हाल कायम भएको भाडादरमा ३२ प्रतिशतले कम भएको प्राधिकरणले जनाएको छ ।
यसअघि हवाई कम्पनीले चार्टर उडानका नाममा मोटो रकम असुल्दै आएका थिए । तर, अव भने कर्णाली तता दुर्गम हिमाली जिल्लामा नियमित सेड्युल उडान हुने प्राधिकरणले जनाएको छ ।
नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीका अनुसार बिमान कम्पनीसँगको सम्झौता अनुसार चार्टर उडान बन्द गरी सेड्युल उडान भर्ने निर्णय भएको हो ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणले भने ३५ प्रतिशत भाडा बढाएको छ । यसबाट नियमित सेडुअलका उड्डयन भर्दा बिमान कम्पनीलाई घाटा भने लाग्ने छैन।डोल्पाबाट नेपालगञ्जका लागि ३ हजार ८ सय १५ रुपैयाँ भाडादरमा बढेर ५ हजार एक सय भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारी दिएको छ ।
उनका अनुसार दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन तथा समायोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गएको वैशाख २६ गते मन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरेको बताए।
कर्णाली तथा दुर्गम हिमाली जिल्लामा तारा,गोमा,सिता,मकालु र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्।
लामो समयदेखि कर्णालीका जिल्लामा उडान भर्दै आएको तारा एयरले अब चार्टर उडान नभर्ने र सेडुअलका मात्र उडान भर्ने तारा एयरका नेपालगञ्ज स्टेसन प्रमुख दिलिप कार्कीले बताए । उनले भने,’ नियमित सेडुलबाटै यात्रुलाई सेवा प्रदान गरिन्छ तर कसैले नीजि रुपमा चार्टर गर्न भने पाउनेछन्।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा नेपालगञ्ज बिमानस्थलबाट दुर्गम तथा कर्णालीका जिल्लामा ४१ हजार उडान भरेका छन्। जम्मा उडानको लगभग आठ हजार उडान मात्र सेडुअलका भएका र अन्य सबै चार्टर उडान भएको तथ्यांक प्राधिकरणका नेपालगञ्ज प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिए ।
सम्बन्धित समाचार:
असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी
चिनियाँ पाइलट अयोग्य भएको भन्दै श्रीलंकाबाट पाइलट ल्याउने तयारीमा वायुसेवा निगम
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












