जुम्लामा २२ घण्टासम्म लोडसेडिङ
जुम्ला १५, जेष्ठ । देश लोडसेडिङ मुक्त भइरहेको भनिरहदा कर्णालीको एक जिल्ला जुम्लामा भने अझै २२ घण्टासम्म लोडसेडिङ हुदै आएको छ ।
चन्दनाथ नगरपालिकाको ढाणथपला, भण्डारी गाँउ र सिमखाडामा धान रोप्नको लागि सिँचाई गर्नुपर्ने भएपनि जेठ ७ गते देखि नै दैनिक २२ घण्टासम्म लोडसेडिङको मार खेप्न त्यहाँका जनता बाध्य छन् ।
चन्दननाथ नगरपालिका क्षेत्रका ढाणथपला, भण्डारी गाउँ र सिमखाडामा धान रोप्नको लागि सिँचाई दिनुपर्ने भएपनि जेठ ७ गतेदेखि दैनिक २२ घण्टा लोडसेडिङको मार खेप्नु परेको हो।
‘स्थानीयले जेठ ७ देखि २५ गते सम्म सिँचाईको लागि पानी मागेका छन्’, साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु बहादुर बुढ्थापाले भने, ‘जेठ २५ गतेपछि निरन्तर विद्युत सप्लाई गर्नेछौं।’ उनका अनुसार दैनिक दुई घण्टा र प्रत्येक एक दिनको फरक विद्युत उपलब्ध गराउन सकिने छ।
‘पानीको मुहान कम हुँदै गएको छ, रोपाइले पोखरीमा पानी संकलन हुन पाउँदैन’, उनले भने, ‘नहरमा बग्ने पानीले एउटा मेसिन चलाउन सक्ने अवस्था छैन, त्यहि भएर लोडसेडिङ दिनानुदिन बढेको हो। एक एक सय वाटको मेसिनले २ हजार ८ सय ग्राहकलाई एकैचोटी विद्युत सेवा प्रदान गर्न सकिंदैन्। पोखरीको पानी विना मेसिन चल्दैन्।’
पोखरी र नहरको पानीले मात्रै मेसिन चलाउन सक्छ। पोखरीमा पानी संकलन गर्दा रोपाई नहुने र रोपाई नहुनाले स्थानीय किसानको दैनिकी चल्न नसक्ने भएकोले बाध्य भएर विजुली बन्द गराएका हौं, अध्यक्ष बुढ्थापाले दुखेसो पोखे। जेठ २५ गतेसम्म विद्युतलाई पानी निरन्तर छोड्न आग्रह गरेका छन’, खेतमा रोपाई सकिने विद्युतकै पहिलेकै अवस्थामा विद्युत सेवालाई फर्काउने छौं।’
अहिले ६ वटा सिप्टमा वत्ति दिने गरिएको छ। नयाँ जेनेरेटर आइपुगेको भएपनि सञ्चालन गर्न नसकिएको विद्युतका कर्मचारी मदन महतले जानकारी दिए। उनका अनुसार प्रत्येक महिनाको जेठ महिनामा जुम्लामा अत्याधिक लोडसेडिङ हुने गर्छ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












