प्रदेश ५: जिसस प्रमुखले ४१ हजार तलव थाप्दा वडा सदस्य ७ हजारमै प्याकअप
बुटवल १६, जेष्ठ । प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवाा सुविधाका बारेमा बनेको विधेयक पारित भएको छ । विधेयकले पूर्णता पाएसंगै जनप्रतिनिधिहरुले पाउने सेवा सुविधाका बारेमा स्पष्ट रुपमा बाटो खुलेको छ ।
प्रदेशसभा ५ को दोश्रो अधिबेशन अन्तर्गत बुधबार बसेको चौथो बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी परिमार्जित बिधेयक पारित गरेको हो ।
पारित भएको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता ४१ हजार रुपैयाँ, उपप्रमुखको ३६ हजार रुपैयाँ र सदस्यको १६ हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैया, उपप्रमुखको ३५ हजार रुपैयाँ, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैयाँ र वडा सदस्यको ९ हजार रुपैयाँ रहने व्यवस्था छ ।
त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुपैयाँ, उपप्रमुखको ३० हजार रुपैयाँ, वडा अध्यक्षको २५ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १३ हजार रुपैयाँ, सदस्यको ८ हजार रुपैयाँ र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैयाँ, उपाध्यक्षको २७ हजार रुपैयाँ, वडा अध्यक्षको २० हजार रुपैयाँ, कार्यपालिका सदस्यको १२ हजार रुपैयाँ र सदस्यको ७ हजार रुपैयाँ हुनेभएको छ ।
मासिक तलव ९ भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ताको व्यवस्था हुने छ। बुधबारको बैठकले प्रदेसभा नियमाबली २०७४ संसोधन स्वीकृत गरेको छ ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











