कमिलाको प्वाँख पलाएजस्तै कम्युनिष्ट सरकार: विमलेन्द्र निधि
काठमाडौं २०, जेष्ठ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुँदै गएको बताएका छन्
नेपालमा कम्युनिष्ट पार्टीले गत निर्बाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गरे । उनले भने “जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।”
बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै नेता निधिले बिचारधाराको परिवर्तनसंगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गरे । सरकारका १०० दिनको उपलब्धि हेर्दा आश गर्ने कुनै ठाउँ बाँकी नरहेको उनको भनाई थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै निधिले भन्नुुभयो “ सरकारले संघीयता, समावेशिता बिरुद्ध सिण्डिकेट खडा गरेको छ ।”
रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिष्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको बताए । “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ”, उपसभापति निधिले भने“ अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।” त्यसैले अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगिाडि बढाएन भनेर सोध्नुनर्पेमा त्यसो नगरी चाकडी गरेको टिप्पणी गरे ।
आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकबादतर्फ उन्मुुख भएको उपसभापति निधिको आरोप थियो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












