जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन
बझाङ, २४ जेष्ठ । बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
उक्त दुर्घटनामा छविसपाथीभरा गााउँपालिका–४ डाँडागाउँका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उहाँकी श्रीमती ३८ वर्षीया जलादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका–१ का ३५ वर्षीय लालबहादुर भण्डारीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये छविसपाथिभरा गाउँपालिका–५ का ४५ वर्षीय सोभान धामी र ३ का ३१ वर्षीया गणेश नेपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ।
उनीहरुको थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा पठाइएको र अन्य घाइते मृतक वीरेन्द्र सिंहका दुई वर्षय छोरा भूपेन्द्र सिंह, छविसपाथीभेरा–३ की २७ वर्षीया पशुपती नेपाली र गणेश नेपालीकी सात महिनाकी छोेरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नंको जिप छविस पाथीभेरा गाउँपालिका–४ को भेटाखानमा दुर्घटना भएको थियोे । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । जिप चालकको समेत मृत्यु भइसकेको र अन्य प्रत्यक्षदर्शीसँग अहिले सोधपुछ गर्ने वातावरण नभएका कारण अनुसन्धानमा समेत समस्या भएको बताइएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











