बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु
बर्दिवास, २४ जेष्ठ । महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ ।
आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरे ।
कार्यालयका पहिलो सेवाग्राही बर्दिवास–१ का दीननाथ पोखरेललाई प्रदेशसभा सदस्य थापाले स्मार्ट लाइसेन्स प्रदान गरेर थप सेवा शुरु गरिएको हो ।
कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेका थिए ।
कार्यालयबाट स्मार्ट लाइसेन्ससहित सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको प्रतिलिपि र सवारी चालक अनुमतिपत्रको नवीकरणसमेत आजबाट थप सेवा प्रवाह शुरु गरिएको छ । यसअघि कार्यालयले वार्षिक सवारी कर संकलन, सवारी दर्ता प्रमाणपत्रको नवीकरण, बाटो इजाजत नवीकरण, सवारी जाँचपास र अस्थायी रुट इजाजतपत्र (पटके) सेवामात्र प्रदान गर्दै आएको थियो ।
आज थप सेवा शुरु गरिएको समारोहमा ४१ जना सेवाग्राहीले स्मार्ट लाइसेन्स प्राप्त गरेका कार्यालयका निमित्त प्रमुख पोषण थापाले जानकारी दिए ।
विसं २०७१ मंसिर १७ गते स्थापना भएको यो कार्यालयले अहिलेसम्म रु २१ करोड २५ लाख सात हजार २६३ राजश्व संकलन गरेको समारोहमा जानकारी दिइएको छ ।
थप गरिएका सेवा लिन यसअघि जनकपुरस्थित यातायात व्यवस्था कार्यालय जानु पथ्र्याे । अब यी सेवा बर्दिवासबाटै शुरु गरिएपछि महोत्तरी, धनुषाको उत्तरी क्षेत्र, सिन्धुली र सर्लाही जिल्लाका सेवाग्राहीलाई सजिलो भएको छ । आफू अर्कै प्रदेश (प्रदेश नं ३) को बासिन्दा भए पनि भौगोलिक निकटताले बर्दिवासस्थित कार्यालयबाट थप सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५ का सेवाग्राही मदनकुमार श्रेष्ठले प्रतिक्रिया दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












