शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै
वासिङ्टन, २४ जेठ । यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लागेको समाचारमा जनाइएको छ ।
उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग गर्न लाग्नुभएको वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् ।
जापानी प्रधानमन्त्री आबेको यस भ्रमणपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ । उहाँहरुको द्विपक्षीय वार्ता बिहीबारै हुने बताइएको छ ।
उक्त वार्ताको क्रममा विशेषगरी आगामी सो शिखर बैठकको बारेमा जापान र अमेरिकाको धारणा बुझ्ने काम हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीको धारणा बुझ्न खोजिएको हो ।
अमेरिका र उत्तर कोरिया पनि पहिलो पटक यसरी वार्ताको टेबलमा बस्ने भनी आएको समाचारपछि जापानी प्रधानमन्त्रीले यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।
उता विकसित परिस्थिति बमोजिम नै अमेरिका र उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको जनाएका छन् । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ ।
यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गरेका छन् । ।
यस वार्ताका लागि उत्तर कोरिया पनि निकै सकारात्मक देखिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गरेका छन् ।
त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार उत्तर कोरियाली नेता किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
उहाँले अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्नुहुने समाचार उत्तर कोरियाली सरकारी समाचार समितिले दिएको थियो ।
गत हप्ता यो समाचार सार्वजनिक भएको भए पनि यस भेटवार्ताको बारेमा थप समाचार भने केही आएको छैन ।
यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने एक हप्ताअघि नै उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणपछि नेता किम पनि रुस जाने यो घोषणा आएको हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












