काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस
वाकोट, २७ जेष्ठ । विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा नै सम्पन्न नगर्ने ठेकेदार कम्पनी र त्यसका सञ्चालकको विवरण कारवाहीका लागि गृहमन्त्रालयमा पठाइएको हो ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहतका तीन योजना, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयको पाँच योजना, डिभिजन सडक कार्यालयको बाह्र योजना र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका एघार योजना तोकिएको समयमा पूरा नगर्ने ठेकेदारको विवरण कारवाहीका लागि गृहमा पठाइएको छ ।
तोकिएको समयमा काम पूरा नभएका योजनामा सडक, स्वास्थ्य चौकी, पक्की पुल, सिँचाइलगायतका योजना छन् ।
भौतिक संरचना निर्माणको भूमिकामा रहेका जिल्लाका बाह्रवटा कार्यालयसँग लिएको तथ्याङ्कमा चार कार्यालयका ३१ योजना निर्माणको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा काम नगरेको तथा गरेपनि गुणस्तरहीन गरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको प्रजिअ थापाले बताए ।
ठेकेदारले जिम्मा लिएका योजना तोकिएको समयमा पूरा नहुनुमा गत वर्ष सम्पन्न निर्वाचन र त्यो समयमा लगाएको निर्वाचन आचारसंहिता, तीन वर्षअघि गएको विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव मुख्य कारण देखाइएको छ ।
ठेकेदारको लापरवाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी किर्ते अभियोगमा पक्राउ पर्नुलगायतले पनि योजना सम्पन्न गर्न चुनौती देखिएको भन्दै कारवाहीका लागि यहाँको प्रशासनले शुक्रबार गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












