काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस
वाकोट, २७ जेष्ठ । विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा नै सम्पन्न नगर्ने ठेकेदार कम्पनी र त्यसका सञ्चालकको विवरण कारवाहीका लागि गृहमन्त्रालयमा पठाइएको हो ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहतका तीन योजना, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयको पाँच योजना, डिभिजन सडक कार्यालयको बाह्र योजना र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका एघार योजना तोकिएको समयमा पूरा नगर्ने ठेकेदारको विवरण कारवाहीका लागि गृहमा पठाइएको छ ।
तोकिएको समयमा काम पूरा नभएका योजनामा सडक, स्वास्थ्य चौकी, पक्की पुल, सिँचाइलगायतका योजना छन् ।
भौतिक संरचना निर्माणको भूमिकामा रहेका जिल्लाका बाह्रवटा कार्यालयसँग लिएको तथ्याङ्कमा चार कार्यालयका ३१ योजना निर्माणको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा काम नगरेको तथा गरेपनि गुणस्तरहीन गरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको प्रजिअ थापाले बताए ।
ठेकेदारले जिम्मा लिएका योजना तोकिएको समयमा पूरा नहुनुमा गत वर्ष सम्पन्न निर्वाचन र त्यो समयमा लगाएको निर्वाचन आचारसंहिता, तीन वर्षअघि गएको विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव मुख्य कारण देखाइएको छ ।
ठेकेदारको लापरवाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी किर्ते अभियोगमा पक्राउ पर्नुलगायतले पनि योजना सम्पन्न गर्न चुनौती देखिएको भन्दै कारवाहीका लागि यहाँको प्रशासनले शुक्रबार गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











