यार्सा व्यापारमा शिक्षक, यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो
दुनै, डोल्पा, २८ जेष्ठ । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् ।
सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा विद्यार्थी पनि नियमित कक्षा छाडेर वर्षभरिको पढाइ खर्च जुटाउन आफ्ना अभिभावकसँगै पछि लाग्छन् ।
बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको समयमा डोल्पाका विद्यालय एक महिना बन्द भएपछि सरकारले विद्यालयमा दिवा खाजाबापत दिने रु ३३ लाखबराबरको रकम फिर्ता हुने भएको हो ।
यार्सागुम्बा संकलनका समयमा बन्द हुने जिल्लाका कुनै पनि विद्यालयलाई शिक्षा कार्यालयबाट दिइने दिवा खाजाबापतको अनुदान रोकिने भएको छ ।
सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमअन्तर्गत प्रत्येक महिना प्रतिविद्यार्थीका लागि करीब २० दिनको दिवा खाजास्वरुप अनुदान दिने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सिंहराज डाँगीले बताए ।
विद्यालयलाई एक महिनाका लागि दिइने २० दिनको दिवा खाजाको अनुदान रकम करीब रु ३३ लाख सरकारलाई फिर्ता हुने उहाँले जानकारी दिनुभयो । कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी रु २० का दरले महिनामा रु ४०० रकम दिवा खाजाबापत विद्यालयमा जाने गर्छ ।
८५ प्रतिशत विद्यालय बन्द
यार्सागुम्बा संकलन याम शुरु भएसँगै जेठ १ गतेदेखि बन्द भएका जिल्लाका करीब ८५ प्रतिशत विद्यालय अझै खुलेका छैनन् । जिल्लाभरका ११२ वटा विद्यालयमध्ये हालसम्म जम्मा १८ वटा विद्यालयमात्र खुलेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । यार्सागुम्बा संकलनका लागि जेठको १ गतेदेखि बन्द गरिएका विद्यालय महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सिंंहराज डाँगीले बताउनुभयो ।
उनले भने, “आठवटा स्थानीय तह रहेको यस जिल्लामा जेठ २० गतेदेखिट जगदुल्ला गाउँपालिकाका १४ वटै विद्यालयमा पढाइ सञ्चालन भयो भने अन्य ठाउँका कुनै पनि विद्यालय खुलेका छैनन् ।
शे–फोक्सुण्डो गाउँपालिकाको तापिरिचा माध्यमिक विद्यालय साइजल, त्रिपूरासुन्दरी नगरपालिकाको देउराली आधारभूत विद्यालय भोरगाउँ, काञ्जीरुवा आधारभूत विद्यालय दापु र हिमज्योति आधारभूत विद्यालय सार्कीटोल गरी चारवटा विद्यालय यार्सागुम्बाको समयमा पनि सञ्चालन भएको छ ।
यार्सागुम्बाको अवधिभर विद्यालय खोल्ने चार विद्यालय बाहेक अरुले दिवा खाजाको अनुदान रकम नपाउने डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार जगदुल्लाका १४ वटा विद्यालय २० गतेदेखि खुले पनि ती विद्यालयले पनि दिवा खाजाबापत अनुदान पाउने छैनन । महिनाभर जम्मा २० दिनको मात्र दिवा खाजाको अनुदान रकम उपलब्ध गराइदै आएकामा २० दिन नै विद्यालय बन्द भएपछि ती विद्यालयले खाजाको अनुदान नपाउने भएका हुन् ।
छिमेकी जिल्लाका विद्यालय पनि बन्द
यार्सागुम्बा मौसममा डोल्पाका सबै विद्यालय बन्द हुन्छन् नै छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका विद्यालयसमेत यार्सा टिप्ने बेला बन्द हुने गर्छन । डोल्पालीमात्र नभई छिमेकी जिल्लावासीको पनि प्रमुख आम्दानीको स्रोतका रुपमा रहेका यार्सागुम्बा टिप्न त्यहाँका विद्यार्थी वर्षभरिको पढाइखर्च जुटाउन ज्यान जोखिममा पार्दै डोल्पाका उच्च हिमाली भाग पाटनमा पुग्ने गर्छन् ।
विद्यालय बन्द गर्न नचाहँदा नचाहँदै पनि बाध्यता जस्तै भएकाले केही दिनलाई बन्द नै गर्नुपरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताउनुभयो । उनले भने, “यसवर्ष २० दिन बन्द गरियो सकेसम्म अर्को वर्षबाट विद्यालय बन्द हुँदैनन् बालबालिकालाई शिक्षा लिनबाट वञ्चित गराइँदैन ।”
पाँच महिना पनि निरन्तर पढाइ हुँदैन
हिउँदको पुस र माघ महिनामा हिउँदे बिदा हुन्छ, फागुनमा भर्ना अभियानले एक दुई हप्ता पढाइ हुँदैन, जेठमा यार्सागुम्बाले एक महिना धेरै विद्यालय बन्द हुन्छन्, अन्य महिनामा विभिन्न चार्डपर्व तथा सार्वजनिक कार्यक्रममा विद्यालय खुल्दैनन् नागरिक अगुवा योगेन्द्र बुढाले भन्नुभयो ।
डोल्पाका विद्यालयमा करीब पाँच महिना पनि निरन्तर पढाइ हुँदैन, कसरी एक हजार घण्टा विद्यालयमा बालबालिकाले अध्ययन गरे त उनले प्रश्न गरे । यही कारणले डोल्पाको शिक्षाको अवस्था खस्किँदो छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ समयमै सरोकारवालाको ध्यान जाओस् उनले भने ।
पूरा पाठ सक्न भ्याइँदैन
विद्यालय खुल्नेभन्दा बन्द हुने समय धेरै हुने भएकाले पूरा पाठ सक्न नै नभ्याइने र भनेअनुसार विद्यार्थीले शिक्षा आर्जन गर्न नपाउने शिक्षाविद्हरुको दाबी छ । अत्यधिक विद्यालय कममात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पूरा नहुने गरेको शिक्षा विकास तथा समन्वय एकाइले स्वीकार गरेको छ ।
कार्यालयका अनुसार यार्सागुम्बा मौसममा औपचारिक बिदा हुँदैन, सरहरु विद्यालयमा विद्यार्थी कुरेरै बस्नुभएको हुन्छ तर वर्षभरिको कमाइ गर्नका लागि सबै पाटनमा जाने गर्छन्, उनीहरुलाई नजाउ पनि कसरी भन्नु, तैपनि सकेजति नियमन गर्ने प्रयास भएको छ शिक्षा विकास तथा समन्वय शाखाका डाँगीले भने ।
कोही शिक्षक पनि यार्सा व्यापारमा
यार्सागुम्बा टिप्नका लागि बालबालिका नै पाटनमा पुगेपछि शिक्षक कोही घाम तापेर बसेका छन् भने कोही यार्साका व्यापारी पनि बनेका छन् ।
फुर्सदको समय उपयोग गर्दै केही शिक्षक व्यापार गर्दै छन् तर विद्यालय खोल्न भने कोही पनि अग्रसर देखिँदैनन् । शिक्षा विकास तथा समन्वय एकाइले जेठको अन्तिम साता विद्यालय खोल्ने भने पनि धेरै विद्यालय असारको दोस्रो सातामात्रै खुल्ने गरेको स्थानीयवासी बताउँछन् ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












