प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल
काठमाडौँ, ३१ जेठ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्ने नीति लिएको सरकारले यसको नीतिगत तथा कानूनी संयन्त्र परिवर्तन गर्न सो कार्यदल गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम नीति, २०६९ मा समसामयिक सुधार गर्न बहुद्वारबाट सञ्चालित प्राविधिक शिक्षा तथा तालीमका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याउने सम्बन्धमा कार्यदलले सुझाव दिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछि सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय खोल्ने पहिलो निर्णय गरेका थिए।
परिवर्तित सन्दर्भमा समग्र शिक्षा प्रणालीलाई रोजगारमुखी, सीपमूलक, जीवनोपयोगी, व्यावसायिक बनाउनका निम्ति प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका सम्बन्धमा प्रस्तावित नीति तथा संस्थागत संयन्त्रबारे कार्यदलले सुझाव दिनेछ ।
कार्यदलमा डा सुनिलबाबु श्रेष्ठ, डा राजेन्द्र अधिकारी, प्रा डा टंकनाथ शर्मा र मन्त्रालयका सहसचिव डा हरि लम्साल तथा उपसचिव डा मुकुन्दमणि खनाल सदस्य सचिव हुन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












