प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल
काठमाडौँ, ३१ जेठ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्ने नीति लिएको सरकारले यसको नीतिगत तथा कानूनी संयन्त्र परिवर्तन गर्न सो कार्यदल गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम नीति, २०६९ मा समसामयिक सुधार गर्न बहुद्वारबाट सञ्चालित प्राविधिक शिक्षा तथा तालीमका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याउने सम्बन्धमा कार्यदलले सुझाव दिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछि सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय खोल्ने पहिलो निर्णय गरेका थिए।
परिवर्तित सन्दर्भमा समग्र शिक्षा प्रणालीलाई रोजगारमुखी, सीपमूलक, जीवनोपयोगी, व्यावसायिक बनाउनका निम्ति प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका सम्बन्धमा प्रस्तावित नीति तथा संस्थागत संयन्त्रबारे कार्यदलले सुझाव दिनेछ ।
कार्यदलमा डा सुनिलबाबु श्रेष्ठ, डा राजेन्द्र अधिकारी, प्रा डा टंकनाथ शर्मा र मन्त्रालयका सहसचिव डा हरि लम्साल तथा उपसचिव डा मुकुन्दमणि खनाल सदस्य सचिव हुन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












