प्रहरी र व्यवसायीबीच झडप, ४ जना घाइते
रामेछाप,३१ जेठ । रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र स्थानीय व्यवसायीबीच झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका छन् ।
बुधबार राति बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले बुधबार राति मन्थलीको भैसेसुरमा लाठीचार्ज गर्दा समाचार संकलन गर्न गएका पत्रकारसहित ४ जना घाइते भएका हुन् ।
बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि सिन्धुली प्रशासनले वीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।
रामेछाप छिर्ने ढुवानी सेवालाई रोक लगाए पनि प्रहरीले सिन्धुलीका व्यवसायीहरुसँग मिलेमतो गरी दोलखा जाने ठूला ढुवानीका साधनलाई राति छाडेको भन्दै तिनीहरुलाई रोक्न बुधबार राति मन्थलीका व्यवसायीहरु भैसेसुरमा भेला भएका थिए । सो स्थानमा राति ९ बजेसम्म २० वटाभन्दा बढी मालबाहक सवारी साधन रोकिएपछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडप भएको थियो ।
प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार युनिक विफा घिसिङ पनि घाइते भएका छन् ।घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ । भने श्रेठको टाउको फुटेको छ । सुवेदीको शरिरका विभिन्न भागमा चोट छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट लागेकाे छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












