म्याग्दीको रुममा चरेशसहित एक पक्राउ
बेनी, म्याग्दी, ३१ जेठ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्लाष्टिकमा टेपले बेरी बजारमा लैजाने तयारीमा राखिएको चरेशसँगै रोकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बेनीमा बुझाइएको छ । लागूऔषध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुम आसपासमा लुकिछिपी लागूऔषध तथा पदार्थको ओसारपोसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको छ ।
केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशसहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो । गाउँका तीनजना महिलालाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका ग्रामीण क्षेत्रबाट चरेश बिक्री हुने तथ्य सार्वजनिक भएको थियो ।
म्याग्दीमा ठूलो परिणाममा चरेश र त्यसको ओसारपसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेश बनाउने गरेको प्रहरीको अनुमान छ । रुम आसपासबाट म्याग्दीका साथै छिमेकी बागलुङतर्फसमेत पठाइने गरेको प्रहरीको दाबी छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












