हाइब्रिड धानमा समस्या, किसानलाई सास्ती
ललितपुर, ३१ जेष्ठ । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।
छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ ।
एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्काे वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन् । एक वर्ष पर्याप्त उत्पादन दिने धानको जातले अर्काे वर्ष नदिन सक्ने महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् ।
“अरू मुलुकबाट आयातित धानको बीउ यहाँका लागि सुहाउँदो नहुन सक्छ,” उनले भने, “समस्या आउन नदिन किसानले राम्रोसँग बुझेर मात्रै धानको बीउ खरिद गर्नुपर्छ ।”
नार्क अन्तर्गतको धान अनुसन्धान कार्यक्रम, हर्दिनाथ र महाशाखाले धानका विभिन्न जातको अनुसन्धान गरेर पर्याप्त उत्पादन लिन सकिने बीउ सिफारिश गरिरेहको छ । हर्दिनाथले तराईका लागि एक÷दुई वटा हाइब्रिड जात सिफारिश गरेको छ ।
उन्नत बीउभन्दा हाइब्रिड चार÷पाँच गुणासम्म महँगो पर्छ । पराजुली भन्छन, “पर्याप्त उत्पादन लिनका लागि महँगो तिर्ने तर उत्पादन कम हुँदा किसान हैरान हुन्छन् ।”
हाइब्रिड जात वर्षेनी फेरिरहनुपर्ने हुँदा किसानले बुझेर मात्रै किन्नुपर्ने उनको सुझाव छ । केही वर्षयता उन्नत र हाइब्रिडको प्रयोग बढ्दा स्थानीय जात लोप हुँदै गएका छन् ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












