प्रभु टिभी आज देखि सञ्चालनमा, १६ सय तिरे ६ महिनासम्म ढुक्क
काठमाडाैं ३, असार । विश्वकपको महाकुम्भ मेला चलिरहेका बेला प्रभु समूहले प्रभु डिजिटल टीभीको सेवा सुरु गरेको छ । प्रभु टीभीले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी–टी २) मा आधारित सेवा विस्तार गरेको हो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् । सूचना प्रविधिको विकासको क्रमसँगै ओटीटी प्रणालीमा आधरित भएर माबाईल, ट्याव्लेट तथा ल्यापटपमा समेत आफूले छानेको च्यानल हेर्न सकिने जनाइएको छ ।
प्रभु टिभी कलसाइन मार्फत डिभिबी-टिटु प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु उपलब्ध हुनेछन्।
उपत्यकाका लागि डिलरहरुको समेत व्यवस्था गरिएको जनाइएको छ भने, पहिलो चरणमा प्रभु टिभी काठमाडौं, चितवन र पोखरामा उपलब्ध हुने छ। त्यसपछि वुटवल, भैरहवा, नेपालगञ्ज लगायतका शहरहरुमा प्रशारण हुने छ।
त्यसमध्ये प्रभु टिभीले पहिलोपटक यो प्रविधिमा प्रसारण थालेको हो । अब सिग्नल रिसिभ गर्ने विकसित डिभाइस राख्दा एउटा च्यानल मात्रै होइन, थुप्रै च्यानल प्याकेजमै लिन सकिने छ ।
बेसिकमा र प्रिमियम प्याकेजमा आधारीत सेवा दिने प्रभु टिभीले जनाएको छ। प्रभुले एकल प्रयोगकर्ताको हकमा ६ महिनाको शुल्क एक हजार ६ सय, तथा सेटअप बक्स वापत एक रुपैयाँ तथा संस्थागत प्रयोगकर्ताको लागि मासिक २ सय, सेटअप बक्सलाई ८ सय पर्ने जनाइएको छ । सुरुका दिनमा २८ वटा एचडीसहित ६० ओटा च्यानल प्रदान गर्ने प्रभु टिभीले च्यानलको संख्या बढाउने र एचडी च्यालनको संख्या ३२ पुर्याउने जनाएको छ ।
प्रभु टिभीले आेटिटि प्याकेज अन्तरगत बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाल तथा अन्तर्राष्ट्रिय च्यानलहरु प्रशारण गर्ने छ।
टरेस्टिरियल प्रसारण गर्ने टेलिभिजनले फ्रिक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ -सेकेन्ड जेनेरेसन टेरेस्टिरियल (डीभीबी-टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्टिरियल पनि भनिन्छ ।
नेपालमा सुरुवातमा टेरेस्टिरियल प्रविधिको प्रयोग गरेरै टिभी हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ । टेरेष्टिरियलको नयाँ प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट-टप बक्स अनिवार्य गरिएको छ ।
सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन । अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा अब यो पनि प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्टिरियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।
प्रभु समुह अन्तरगत बैकिङ्ग, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र संचारसंग सम्बन्धित विभिन्न कम्पनीहरु आवद्व रहेका छन् ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












