प्रभु टिभी आज देखि सञ्चालनमा, १६ सय तिरे ६ महिनासम्म ढुक्क
काठमाडाैं ३, असार । विश्वकपको महाकुम्भ मेला चलिरहेका बेला प्रभु समूहले प्रभु डिजिटल टीभीको सेवा सुरु गरेको छ । प्रभु टीभीले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी–टी २) मा आधारित सेवा विस्तार गरेको हो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् । सूचना प्रविधिको विकासको क्रमसँगै ओटीटी प्रणालीमा आधरित भएर माबाईल, ट्याव्लेट तथा ल्यापटपमा समेत आफूले छानेको च्यानल हेर्न सकिने जनाइएको छ ।
प्रभु टिभी कलसाइन मार्फत डिभिबी-टिटु प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु उपलब्ध हुनेछन्।
उपत्यकाका लागि डिलरहरुको समेत व्यवस्था गरिएको जनाइएको छ भने, पहिलो चरणमा प्रभु टिभी काठमाडौं, चितवन र पोखरामा उपलब्ध हुने छ। त्यसपछि वुटवल, भैरहवा, नेपालगञ्ज लगायतका शहरहरुमा प्रशारण हुने छ।
त्यसमध्ये प्रभु टिभीले पहिलोपटक यो प्रविधिमा प्रसारण थालेको हो । अब सिग्नल रिसिभ गर्ने विकसित डिभाइस राख्दा एउटा च्यानल मात्रै होइन, थुप्रै च्यानल प्याकेजमै लिन सकिने छ ।
बेसिकमा र प्रिमियम प्याकेजमा आधारीत सेवा दिने प्रभु टिभीले जनाएको छ। प्रभुले एकल प्रयोगकर्ताको हकमा ६ महिनाको शुल्क एक हजार ६ सय, तथा सेटअप बक्स वापत एक रुपैयाँ तथा संस्थागत प्रयोगकर्ताको लागि मासिक २ सय, सेटअप बक्सलाई ८ सय पर्ने जनाइएको छ । सुरुका दिनमा २८ वटा एचडीसहित ६० ओटा च्यानल प्रदान गर्ने प्रभु टिभीले च्यानलको संख्या बढाउने र एचडी च्यालनको संख्या ३२ पुर्याउने जनाएको छ ।
प्रभु टिभीले आेटिटि प्याकेज अन्तरगत बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाल तथा अन्तर्राष्ट्रिय च्यानलहरु प्रशारण गर्ने छ।
टरेस्टिरियल प्रसारण गर्ने टेलिभिजनले फ्रिक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ -सेकेन्ड जेनेरेसन टेरेस्टिरियल (डीभीबी-टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्टिरियल पनि भनिन्छ ।
नेपालमा सुरुवातमा टेरेस्टिरियल प्रविधिको प्रयोग गरेरै टिभी हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ । टेरेष्टिरियलको नयाँ प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट-टप बक्स अनिवार्य गरिएको छ ।
सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन । अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा अब यो पनि प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्टिरियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।
प्रभु समुह अन्तरगत बैकिङ्ग, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र संचारसंग सम्बन्धित विभिन्न कम्पनीहरु आवद्व रहेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












