घलेम्दी जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने
बेनी, म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले घलेम्दी आयोजनालाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत अर्थात् रु पाँच करोड ५० लाखबराबरको पाँच लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले जानकारी दिए ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । भिवोर क्यापिटल लिमिटेडले आह्वानपत्र निष्काशन गरेपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर जम्मा गर्न पाउने छन् ।
आयोजना प्रभावित स्थानीयवासीलाई शेयर जारी गरिसकेपछि कम्पनीले सबै नेपाली नागरिकले शेयर जम्मा गर्न पाउने गरी अर्को चरणमा रु ११ करोडको शेयर जारी गर्नेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












