के नेपालमा चिनियाँ रेल कुद्ला ?
काठमाडौँ, ९ असार । के नेपालमा चिनियाँ रेल कुद्ला रु यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो ।
विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा।प्रकाशशरण महतले भन्नुभएको थियो—निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ ।
उनले भनेजस्तै भारतले समेत हस्ताक्षर गर्न नमानेको यस आयोजनामा नेपालले सहमति जनाउन थोरै मेहनतले पक्कै सम्भव थिएन होला । अनि उक्त आयोजनाको प्रारुपभित्र छिरेरमात्र पनि चिनियाँ समृद्धि नेपालमा आइहाल्ने होइन । डा।महतले चीनको उक्त आयोजनाबाट लाभान्वित हुन नेपालले हवाई तथा स्थल ‘कनेक्टिभिटी’, पारवहन र पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउन जरुरी छ भनेका थिए ।
उनले संकेत गरेका कनेक्टिभिटीको पहिलो प्राथमिकता रेलमार्ग नै थियो । त्यही कनेक्टिभिटीको सार्थक पहल बिहीबार भएको छ र अब सुरुहुने अपेक्षा पनि बढेको छ । दुई प्रधानमन्त्रीबीच चीनसँग रेलमार्ग र प्रशारण लाइनका साथै अरु धेरै कुराहरुको सहयोग र सहकार्यमा सहमति भएको छ । तीमध्ये पनि बिहीबार भएको रेलमार्ग निर्माणको सम्झौताले भने अब नेपालमा रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको थालनी हुने आशा बढाएको छ ।
बेइजिङमा भएको यस समझ्दारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ । यसका लागि आवश्यक पर्ने खर्चको पनि अनुमानित तथ्याङ्क आपसमा तय भएको छ । उक्त डिपीआर तयार भएपछि निर्माणको प्रक्रिया नै सुरु हुनेछ । चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पुर्याइने बताइएको छ । नेपालमा रेल भित्रिँदा यसैलाई केरुङको बाटो काठमडौँ ल्याउने हालको सोँच हो । नेपालको चीनसँगको सीमा रसुवागढीदेखि काठमाडौँ करिब ८० किलोमीटर छ । सम्भवतः डिपीआर निर्माण हुँदा यही मार्ग छान्ने सम्भावना धेरै रहन्छ । चिनियाँ पक्षको तयारी पनि यही देखिन्छ ।
नेपालमा आउने रेल कार्गो रेल रहने योजना चीनले अघि सारेको छ । कार्गो रेलमा सामान र यात्रु दुवै राख्न मिल्छ । यस्तो रेलले नेपाललाई छुँदामात्र हामीले भन्ने गरेको समृद्धि विपनामै प्राप्त हुनेछ । किनभने हाम्रो उत्तरी छिमेकीको समृद्धिलाई अहिले ठूलो हिमालले छेकेको छ । उत्तरी छिमेकीको सम्पन्नताबाट हामी लाभान्वित हुन सबैभन्दा पहिलो शर्त र आधार भनेकै यातायात हो । समुद्रसम्मै पहूँच नभएका हामीहरुको लागि अहिले हिमाल वारिपारि गर्न सहज, सरल र सस्तो बाटो चाहिएको छ । त्यो बाटो सकेसम्म रेलकै बन्यो भने लाभदायक हुनेछ ।
रेल नेपाल भित्रिँदा चिनियाँ समृद्धि भने पक्कै भित्रिन्छ । हामी तेलदेखि सेलसम्म नै दक्षिणतर्फ निर्भर छौँ । हामी वाध्यताबस आश्रित हुनुपरेको फाइदा उनीहरुले उठाउने गरेको एउटा उदाहरण नाकाबन्दी हो । त्यसैले वास्तवमै चीनबाट यहाँ रेल भित्रियो भने उत्तरको समृद्धि कुनै न कुनै रुपमा नेपाल भित्रिन्छ र यसले दक्षिणतर्फको परनिर्भरताको हद घटाउन सघाउँछ । त्यसैले पनि चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीलाई नेपालीले पछ्याइरहेका छन् ।
विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण विश्वमा चीनको चासो र चर्चा बढी छ । दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्को हामीजस्ता छिमेकीका लागि फाइदै हो ।
सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर भन्दा बढी देखिन्छ । विगतका वर्षका तुलनामा यो निकै धेरै हो । हाम्रो चासो पनि यहीँ नै हुनुपर्छ । चीनको यति ठूलो लगानीबाट हामी कसरी लाभान्वित हुने भनेर हामीले नै योजना बनाउन सक्नुपर्छ ।
चीनले गत जुन २६ मा प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्ने बेइजिङ—सांघाई दू्रत गतिको रेलसेवा सुरुगर्यो । ठूलो उपलब्धि मानिएको यो संसारकै सबैभन्दा तिब्र गतिको रेलमा पर्दछ । तर के उसले यो तिब्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त भन्ने प्रश्नमा केही महिना अघि नेपाल आएका चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङले भनेका थिए — चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुत गतिको रेलमा चढ्न स्वागत गरेको छ । नेपालको समृद्धि र प्रगतिका लागि पनि चीन तयार छ । नेपाल समृद्ध होस भन्ने चीनको चाहना हो तर यो समृद्धिबाट कसरी फाइदा लिने भनेर त नेपालले नै
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












