दुई थरी ग्रेटसिट देखिएपछि विद्यार्थी अन्याेलमा : कसरी भयाे एसईईको नतिजामा लापरवाही ?
काठमाडौं,११ असार । शनिबार एसइइ परीक्षाको नतिजा सार्वजनिक भयो तर भोलिपल्ट आइतबारको दिन फेरी नतिजा जाँच गर्दा पहिलो दिनको तुलनामा जीपीए बढेको देखाएपछि हजारौं विद्ययार्थीका साथै अभिभावक समेत अचम्मित परेका छन् ।
आखिर किन भयो त एसइइ नतिजामा फेरबदल ?
एसईई परिक्षाको नतिजा सार्वजनिक भएको २४ घण्टापछि परिक्षा नियन्त्रण कार्यालयले एसईई नतिजा त्रुटिपूर्ण भएको जानकारी दिएकाे छ ।
प्रावधिक त्रुटिका कारण नतिजामा फेरबदल भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका छन् । रिजल्ट अपलोड गर्दा समस्या आएको र वेबसाइटमा सिस्टम कम्पेटिबिलिटीमा त्रुटि भएको हुँदा नतिजामा फेरबदल भएको रेग्मिले जानकारी दिएका छन् ।
यसरी पहिलाे दिनकाे जिपीए एउटा अर्काे दिन हेर्दा अर्काे ( दुई थरी ) ग्रेटसिट देखिएपछि कुन चाहि आधिकारिक हो भनेर लाखौं विद्यार्थीका साथै तिनका अभिभावक अन्याेलमा देखिएका छन् । यसरी परिक्षा नियन्त्रण कार्यलयले निकालेकाे एसइइ परिक्षाकाे नतिजाले लाखाैं विद्ययार्थीकाे भावनामाथि खेलेकाे देखिन्छ । यदी सिस्टमा खराबी थियाे भने २ दिन ढिलाे गरेर नतिजा निकाल्न सकिन्थ्याे तर यस्ता कुरामा ध्यान निदिइ नतिजा हतारमा निकालेकाे परिक्षा नियन्त्रण कार्यलय र कर्मचारीमाथि यतिबेला प्रश्नचिन्ह उठेकाे छ ।
Comments
अरु समाचार
-
प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा निर्वाचित
काठमाडौं । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा कालिकोटका प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रेस चौतारी...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
सल्यान महोत्सवका ८० स्टलमा आगलागी : करोडौँको क्षति
काठमाडौं । सल्यानमा जारी दोस्रो सल्यान महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत् सल्यान महोत्सव...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा...
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित
काठमाडौं । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु ४ अर्ब २०...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...
-
भेडेटारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दो
काठमाडौं । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...