ढोरपाटन डायरीः १९ नाउर र १० झारल शिकार, शिकारी भने सबै विदेशी
बागलुङ, १३ असार । ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए ।
शिकारबाट रु ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । पहिलो शिकार याम असोज–मंसिरमा नौ नाउर र चार झारलको शिकार भएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
उनका अनुसार दोस्रो शिकार याम फागुन–वैशाखमा १० नाउर र ६ झारलको शिकार गरिएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लक’मा शिकार खेलाउने गरिएको छ । शिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड टे«ल्र्स प्रालिमार्फत शिकारी ढोरपाटन पुगेका थिए । शिकारीले रोजेको ‘ब्लक’मा लगेर कम्पनीले शिकार खेलाउने गरेका छन् ।
बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’मा शिकार खेल्न रुचाउने गरेको उहाँको भनाइ छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वेजस्ता देशबाट पेशेवर शिकारी वर्षेनी ढोरपाटन आउने गर्छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गरेको छ । यो वर्ष २० नाउर र ११ झारलको कोटा भए पनि १० नाउर र १९ झारलको मात्र शिकार भएको हो ।
शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रतिष्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ । यो वर्ष प्रतिष्पर्धा कम हुँदा शिकारको राजश्व दर पनि घटेको आरक्ष कार्यालयले जनाएको छ ।
नाउर शिकारको अधिकतम दर रु एक लाख १५ हजार र झारलको रु दुई लाख २१ हजार कायम भएको थियो । शिकार कम्पनीले केही वर्षअघि एउटा झारल शिकारको रु १३ लाख पाँच हजारसम्म बुझाएका थिए । शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । वर्षेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुल्ला गर्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











