बुद्व एयरको सिधा काठमाडौँ-वाराणसी उडान सुरु
काठमाडाैं १५, असार । बुद्ध एयरले आज देखि काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हप्ताको २ पटक सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।
यो उडानले नेपाल-भारत सम्बन्ध सुदृढिकरणमा सहयोग पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए। उनले नेपालसँग जोडिएका भारतका प्रदेशहरुमा उडान गर्न सकिएमा नेपालमा पर्यटक आगमनको संख्या बढ्नेमा जोड दिए ।
बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्नु देशको लागि खुशीको कुरा भएको भन्दै मन्त्री अधिकारीले विमान उडानले देशको विकास र सम्बृद्धीको लागि नयाँ ठाँउमा सेवा सुरु गर्नु निकै महत्वपूर्ण भएको बताए ।
बुद्ध एयरले निगमित उडानको पहिलो दिन ४५ सिट क्षमताको एटिआर ४२ विमानबाट गरेको छ। ३८ यात्रुसहित बुद्ध एयरको ९एन–एअाइटी कलसाइन भएकाे विमान अाज दिउसो वाराणसी उडान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेकाे विमान वाराणासी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छ।
५० मिनेटको हवाई दुरीमा रहेको वाराणसी पुगेपछि यो विमानको स्वागत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन् ।
बुद्धको यो विमान आजै साँझ ६ बजे नेपालका फिर्ता हुने जानकारी बुद्ध एयरले दिएको छ। यो उडानको दोहोरो भाडादर १४ हजार नेपाली रुपियाँ रहेको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












