दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौँ, १७ असार । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ ।
आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ ।
एक करोड १० लाख कित्ता शेयर सूचीकृत
स्टकका अनुसार आज विभिन्न पाँच कम्पनीको एक करोड १० लाख ७७ हजार कित्ता शेयर सूचीकृत भएका छन् ।
त्यसमा दुई कम्पनीको बोनस शेयर र तीन कम्पनीको हकप्रद शेयर छन् ।
कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै, ओम डेभलपमेन्ट बैंक ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।
सूर्याेदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता हकप्रद शेयर र देव विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जनाएको छ । मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












