मूल्यवृद्धि नियन्त्रण गर्न माग
काठमाडौँ, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले मुलुकको पहाडी भागमा गएको पहिरो तथा तराई क्षेत्रमा गएको बाढीबाट पीडितलाई अविलम्ब राहात उपलब्ध गराउन माग गरेको छ ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा सम्भावित जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गरी बजारमा सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउन बैठकले माग गरेको छ । पार्टीको भावी रणनीति र समसामयिक राजनीतिक अवस्थाको छलफल गर्दै बैठकले लोकतान्त्रिक मूल्यमान्यता र वाक स्वतन्त्रताको संरक्षणका लागि राष्ट्रवादी शक्ति तथा प्रजातन्त्रवादीलाई एकताका लागि आग्रह गरेको छ ।
बैठकले देशव्यापी संगठनलाई सुदृढीकरण गर्न पार्टीले लिएको वैचारिक दृष्टिकोणको आधारस्तम्भमा ‘सम्बद्र्धनवाद’ लाई नयाँ ढंगले जनतालाई बुझाउन विचारगोष्ठी तथा प्रदेशस्तरीय भेलालाई निरन्तरता दिँदै आगामी साउन मसान्तभित्र जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवको भेला गर्ने निर्णय गरेको छ । पार्टीले हालै प्रदेश ३ को काठमाडौँमा र प्रदेश ५ को बुटवलमा भेला सम्पन्न गरिसकेको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












