उद्योग संगठनको अध्यक्षमा घिमिरे
विराटनगर २६, असार। उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ ।
संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोषतर्फ)मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोत र ऊर्जा)मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीले ‘औद्योगिक विकासको मूल आधार सहअस्तित्व, उद्योग र व्यापार’ मूल नारालाई मूर्त रुप दिन संकल्प लिएका छन् ।
नयाँ कार्यसमितिले औद्योगिक प्रदर्शनी स्थल, औद्योगिक प्रवेशद्वार, श्रमिक अस्पताल, श्रमिक सुरक्षा आवासगृह निर्माण, औद्योगिक क्षेत्र तथा सेजसमेतको स्थापनामा समन्वय गर्ने, जग्गा वर्गीकरणमा सहजीकरण गर्ने, विराटनगर महानगरपालिकालाई वातावरणमैत्री शहर बनाउन सहकार्य गर्ने, प्रविधि अध्ययन अनुसन्धानमा जोड दिने, विप्रेषण प्रवद्र्धक उद्योगको पहिचानमा सहजीकरण गर्ने, जोगवनी–किमाथान्का जोड्ने सडक निर्माणमा जोड दिने तथा औद्योगिक सङ्ग्रहालय निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्ने संकल्प लिएको छ ।
अध्यक्ष घिमिरेले पूर्वाञ्चलको उद्योग र व्यापार अन्तर्राष्ट्रियस्तरमा पु¥याउन तथा उद्योग र व्यापारको विकास एवं विस्तार गर्न विराटनगरमा अन्तर्राष्ट्रियस्तरको हवाईमैदान बन्नुपर्ने र भारतको जोगवनी सिमानादेखि किमाथान्का हुँदै चीन जोड्ने सडक छिटोभन्दा छिटो निर्माण गर्न सरकारसँग माग गरे ।
यसअघि उद्योगी महेन्द्र गोल्छा, किशोर प्रधान, शिवशंकर अग्रवाल, दिनेश गोल्छा, अशोक मुरारका लगायतले संगठनको नेतृत्व गरिसकेका ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











