वाम सरकारको बजेट निराशाजनक: पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी
काठमाडाैं २६, असार । ८२ वर्षीय भरतमोहन अधिकारी नेपालको राजनितिमा एक सच्चा एंव निष्ठावान नेताका रुपमा चिनिन्छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री अधिकारी तत्कालिन एमालेको ९ महिने शासनकालमा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने नारासहित विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम ल्याएर नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका उनी अहिले सक्रिय राजनितीमा नभएपनि उनको नेपाल र नेपालि प्रतिको माया उस्तै छ ।
अधिकारी उपप्रधानमन्त्रीका अलावा दुई पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालि सकेका अनुभवि नेताका रुपमा चिनिन्छन् ।
उत्पादन, रोजगारी, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनलाई ओली सरकारकोे मुख्य एजेन्डा भएमा कम्युनिष्ट सरकारले सोचेको सम्बृद्विको सपना साकार हुने तर्क गर्छन् उनी ।
एउटा दैनिक पत्रीकालाई अन्तरवार्ता दिदैं बजेटमा केही राम्रा कुरा भएपनि केही नराम्रा कुरा पनि भएको जिकिर गर्दै यो बजेटले प्राथमिकतालाई नछुट्याएको आरोप छ उनको । बहुमतको सरकार बनेको र पाँच वर्षका लागि स्थायी सरकार बनेकाले आम अपेक्षा अनुसार बजेट नआएको भनेर आरोप लागेको हो । केन्द्रको स्थायी सरकारबाहेक पनि अधिकांश प्रदेश तथा स्थानीय सरकारमा पनि बहुमत भएकाले सरकार चनाखो हुनु पर्नेमा उनले सरकालई ध्यानाकर्षण गराएका छन् ।
बजेट आउनु १ महिनाअघि १८ वटा बुँदामा ओली सरकारले बजेट कस्तो ल्याउनुपर्छ भनेर सुझाएको स्मरण गर्दै निर्वाचित सरकारले जनताको समस्यासंग प्रत्यक्ष जोडिन सक्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीको आफ्नै मान्छेले विरोध गरिरहेको भन्दै ६ वटा प्रदेशका मुख्यमन्त्रीले विरोध गरेकोमा उनले सरकार आफू केन्द्रित नहुन पनि सुझाएका छन् ।
स्थानीय सरकार र प्रादेशिक सरकारले अहिलेसम्म खासै काम गर्न नसकेका बेला संघीयतालाई सफल बनाउने दृष्टिकोणबाट बजेट नआएकोमा त्यो ठूलो कमजोरी भएको बताएका छन् ।
९ सय वाटको जलविद्युत् आयोजना बन्ने भनेर योजना तर्जुमा भइरहेका बेला चीनसँग भएको ४ वटा हाइड्रो प्रोजेक्टको सम्झौता, निजी क्षेत्रको लगानी भित्रिने संभावना रहेका बेला हामि उत्साहित हुन जरुरी छ ।
रेमिट्यान्सलाई उत्पादनमा लगाएर देश विकासमा फड्को मार्न सकिने धारणा राखेेका उनले अरब, मलेसियामा काम गरेर जम्मा गरेको औसतमा ३० हजार रुपैयाँ पैसा सदुपयोग गर्नुपर्छ ।
रेमिट्यान्स अस्ट्रेलिया, अमेरिकामा बस्नेको पैसा होइन, खाडी मुलुकमा दुःख पाउनेको हो । तिनको परिवारलाई रोजगारीको व्यवस्था गर्न सक्यो भने त्यसले उनीहरूलाई उद्यमशीलतामा लाग्न प्रेरित गर्छ । तर, सरकारले वैदेशिक रोजगार बचतपत्र ल्यायो, त्यो बिकेन । रेमिट्यान्सको पैसा गाउँमा साना तथा घरेलु उद्योगमा लगाउँदा रोजगारी पनि सिर्जना हुन्छ र बिदेसिएको युवा घर फर्किंदा ऊ फेरि विदेश जानु पर्दैन ।
राजनीतिक भागबण्डाका आधारमा हुने सवै खाले कामहरुलाई निरुत्साहित गर्नु पर्छ भन्दै उनले थपे, हामीकहाँ असाध्यै राजनीतीकरण भयो । अब एउटा थिति बसाऔं, मेरो–तेरो नभनौं । विधिको शासन लागू भयो भने धेरै सहज हुन्छ । जस्तो एम्बेस्डरमा पनि क्राइटेरिया राखियो भने मात्र देशले काचुलि फेर्ने छ ।
प्रधानमन्त्रीले पहल गरेर निजी क्षेत्रलाई विश्वासमा राख्न सक्नु पर्नेमा जोड दिएका उनले खरिद ऐनमा त ठेक्कापट्टाको व्यवस्था भएकाले त्यहीअनुसार ठेकेदारसँग नियम बनाउन सुझाएका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












