संसदीय समितिको अभ्यास शुरु
काठमाडौँ २६, असार । संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ ।
संघीय संसद् सचिवालयमा आज बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।
सो उपसमितिले समितिको बैठक सञ्चालनको कार्यविधिलगायतका विषयमा प्रतिवेदन तयार पारी शुक्रबार बिहान ११.०० बजे बस्ने बैठकमा पेश गर्नेछ ।
आजको बैठक समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको थियो । प्रतिनिधिसभाको सोमबारको बैठकले संसदीय सुनुवाइ विशेष समिति गठन गरेको हो ।
संविधानको धारा २९२ अनुसार गठन भएको संसदीय सुनवाइ विशेष समितिले संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूतको संसदीय सुनुवाइ गर्नेछ ।
समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको पहिलो सुनुवाइ गर्नेछ । गत जेठ २९ गते बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो ।
संवैधानिक निकायका प्रमुख तथा सदस्य, राजदूत, सर्वोच्च अदालतका प्रधानन्याधीश तथा न्यायाधिशलाई संसद्प्रति जिम्मेवार बनाउन संसदीय सुनुवाइ समितिको भूमिका महत्वपूर्ण मानिन्छ ।
सो समिति राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समिति समेत हो । समितिमा प्रतिनिधि सभाबाट अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पुष्पा भुसाल गौतम, लक्ष्मणलाल कर्ण र राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य छन।
यस्तै राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्रनारायण देव सदस्य हुनुहुन्छ । समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट नौ जना, नेपाली काँग्रेसका तर्फबाट चार जना र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट एक-एक जना सदस्य रहनेछन।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












