सरकारलाई अधिनायकवाद भन्नु गलत: सचेतक गुरुङ
भक्तपुर २६, असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको बताए ।
उनले भने– “विरोध नै गर्न नपाइने गरी निषेध गरिएको होइन, विरोध गर्ने निश्चित स्थान तोकिएको हो, लोकतान्त्रिक पद्धतिअनुसार सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अधिनायकवाद भन्नु गलत हो ।”
उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएकाले रोकिएको बताउँदै उहाँले भन्नुभयो– “कोइराला विधिअनुसार नचलेकाले यस्तो अवस्था आएको हो, कोइरालाले देशको कानून भन्दा बाहिर गएर काम गर्न खोजेको पाइयोे, सरकारसँग स्वीकृति नै नलिइ विदेश भ्रमणमा जान लागेकाले रोकिएको हो ।”
चिकित्सा विधेयककाबारे जुम्लामा अनशनरत गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउँदै उहाँले सबै माग हुबहु सम्बोधन भने नहुने बताए ।
सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको चर्चा गर्दै गुरुङले केसीको उपचार काठमाडौँं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसीले आउन नमानेको बताए ।
पेट्रोलियम पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ भएको उनको भनाइ थियो । भारतबाट मात्रै नभइ चीनबाट पनि इन्धन खरिदको प्रक्रिया अघि बढाउन सरकारले प्रयास गरिरहेको उहाँको भनाइ थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












