सास्कृतिक रुपमा धनी नेपाल :प्रधानमन्त्री ओली
काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उनले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए ।
‘‘ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित रहेको छ’’, उहाँले भन्नुभयो– ‘‘हाम्रा शहर कलामय छन् । यहाँका झ्याल ढोका, भित्ता कलामयताले सजिएका छन् । ’’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई व्यूँत््याई अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, साँस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।
उहाँले विश्वकै ‘हाइट’ र ‘लाइट’ अर्थात अग्लो शिखर सगरमाथा र लाइट अफ एसिया पनि भनिने गौतमबुद्धको जन्मभूमि नेपाल नै रहेको उल्लेख गर्दै प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको बताए ।
उहाँले प्रतिष्ठान राष्ट्रका प्रबुद्घ व्यक्तिको समूह रहेकाले यसलाई खँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताए।
अर्को वर्ष साक्षरता अभियानलाई सफल पारी मुलुकबाट निरक्षरता हटाउने उहाँको भनाइ रहेको थियो । उहाँले सबैलाई आफ्नो जीवनलाई सहज बनाउने र आजको दुनियाँसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइनेसमेत बताए ।
हामी कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा नरहेकाले अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने उहाँले बताए।
प्रधानमन्त्रीले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सबै जुट्न आवश्यक रहेको धारणा समेत राखे ।
प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नेपाल र भारतबीचमा धेरै कुराले गति लिएको बताउनुभयो । ‘‘हामीले प्रवुद्ध समूह गठन गरेर सन् १९५० को सन्धि पुनरावलोकन गरिरहेका छौं’’, उनले भने–‘‘सीमा, व्यापारलगायत क्षेत्रका समस्यासमेत समाधानको काम समेत अगाडि बढेको छ ।’’
उनले भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा बाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उनले उल्लेखनीय योगदान पुर्याएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधारको विकाससँगै प्राज्ञिक क्षेत्रको गतिविधि बढाएर संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।
उहाँले पुस्तकालयले नेपाल र भारत बीचको सम्बन्धलाई साहित्यबाट जोड्न सहयोग पु¥याउने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको उल्लेख गदै साहित्यमा थप सम्बन्ध बढाउनका लागि पुस्तकालयले भूमिका खेल्ने बताए ।
उनले भारत सरकारले नेपालमा सम्पन्न गर्ने आयोजना चाँडै नै पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकालयले संस्कृति र साहित्यमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने बताए ।
उनले संस्कृतिको विकासका लागि प्राज्ञिक क्षेत्रको विकास आवश्यक रहेको धारणा राखे । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कूल रु चार करोड १२ लाख २६ हजार रुपैयाँमा तीनतले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराए ।
कूल १२ वटा कोठा रहेको उक्त भवनमा किताब बँैक, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय रहेका छन् । पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करीब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराए।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै प्रज्ञा छापाखानाको उद्घाटन गरे । जर्मनीबाट रु ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्य सम्बन्धी पुस्तक छापिने प्रशासन प्रमुख अधिकारीले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











