प्रदेश नं -५: दुई विधेयक प्रमाणीकरण
बुटवल २७,असार। प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।
प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७५ प्रमाणीकरण भएको सम्बन्धमा प्राप्त पत्र पढेर सुनाए ।
प्रदेशसभाको अठारौँ बैठकको विशेष समय, उन्नाइसौँ बैठकको शून्य समय र बीसौँ बैठकमा ध्यानाकर्षण भएको विषयवस्तुमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सर्पदंशको जोखिम भएको क्षेत्रमा सर्पदंशको उपचारसम्बन्धी विशेष व्यवस्था भएको जानकारी दिँदै क्यान्सरपीडित महिलाको उपचार गर्न र मुक्त कम्लहरीको क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बताए।
उहाँले पुरातात्विक कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, संरक्षण र वर्गीकरण गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख गर्दै कंचन गाउँपालिकामा भएको किशोरीमाथिको घटनामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमि व्यवस्थापनका लागि आयोग गठन हुने उल्लेख गर्दै भू–उपयोग नीति, बस्ती विकास नीतिको तर्जुमा हुन लागेको जानकारी दिए।
बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समितिमा मनोनयन गरिएको सदस्यहरुको नामावलीवारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












