औद्योगिक क्षेत्रको कामले गति पायो
भीमदत्तनगर २९,असार।प्रदेश नं ७ अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति पाएको छ ।
लामो समयदेखि थाती रहेको औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तह नेतृत्वले सक्रियता देखाएपछि कामले गति पाएको हो । यहाँको निजी क्षेत्रले औसरकारलाई स्थापनाका लागि दबाब दिँदै आएको छ ।
स्थानीय तहको निर्वाचनपछि प्रस्तावित औद्योगिक क्षेत्र निर्माणस्थलमा धेरैपटक सर्वेदेखि पछिल्लो समय सम्बन्धित मन्त्रीसमेतले अनुगमन गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाको काम तत्काल अगाडि बढाउन खटिएका बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको जानकारी दिए।
“विभिन्न मन्त्रालयमा स्वीकृत लिनेदेखि प्रक्रिया मिलानका काम सबै सकिएर व्यवसायीसँग उद्योग स्थापनाका लागि आग्रह गरिएको छ ।” नगर प्रमुख चन्दले भने “औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पनि निकै अग्रसर भएको छ ।”
व्यापारी व्यवसायीलाई उद्योगको किसिमसहित आगामी साउन १७ गतेभित्र आवेदन फारम बुझाउन आग्रह गरिएको नगरप्रमुख चन्दको भनाइ छ । उद्योग स्थापनाका लागि सूचना जारी भइसकेको जानकारी दिँदै उनले वातावरणीय प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्रको विस्तृत प्रतिवेदनको काम अन्तिम चरणमा रहेको बताए ।
“दुवै रिपोर्टको काम सकिनै लाग्यो,” चन्दले भने, “काम सकिएपछि रिपोर्ट उद्योग मन्त्रालयमा पेश गरिनेछ ।” उहाँले औद्योगिक क्षेत्र स्थापनाको काम अब दु्रत गतिमा अघि बढ्ने बताए । औद्योगिक क्षेत्र स्थापनाको काम लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको थियो ।
एक साताअघि मन्त्रालयले औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २९३ बिघा जग्गा दर्ता गरी वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न सहमतिसमेत दिएको थियो । उक्त कार्यका लागि गत असार १५ गते वन तथा वातावरण मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट सहमति प्रदान गरिएको थियो ।
बेदकोट नगरपालिकामा रहेको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणसमेत भइसकेको छ । विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।
विसं २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको थियो । छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायतका १०० वटा उद्योग स्थापना गर्न सकिने छ
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












