जनप्रतिनिधिले जगाए नगर, मुहार फेरिदै कञ्चनपुरको कृष्णपुर नगरपालिका
कञ्चनपुर ३१,असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन् ।
वषाैँदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पुर्याउन पाउँदा यहाँका बासिन्दाले सन्तुष्टि व्यक्त गरेका हुन् ।
सडकै समस्याले गाउँमा एम्बुलेन्स नआउँदा यहाँका बासिन्दाले बिरामीलाई गोरु, गाडा र खटियामा बोकेर टाढाको स्वास्थ्य चौकीसम्म पुर्याउँदै आएका थिए । सडकको स्तरोन्नति भएपछि गाउँसम्मै एम्बुलेन्स पुग्न थालेको छ । बिरामीको उपचारमा सहजता आउन थालेको छ ।
पहिला बैलकुण्डीमा बस्ती छ, वा छैन, भन्नेसम्म स्थानीय निकायलाई थाहासम्म थिएन, स्थानीयवासी सीताराम चौधरीले भने, “जनप्रतिनिधि आएपछि पिरमर्का सुन्न थालेका छन्, गाउँको विकासका लागि समन्वय गर्न थालेका छन् ।”
आ–आफ्ना पिरमर्का जनप्रतिनिधि समक्ष राख्न थालेपछि सुनवाइ हुनथालेको उनले बताए। पूरै गाउँमा पूर्व मुक्तकमैया बस्दै आएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएसँगै वर्षौदेखि बुझाउँदै आएको मालपोतबापतको रकम मिनाहा भएको छ । रामचरण रानाले भने, “व्यावसायिक खेती गर्नका लागि उन्न बिउबिजन, किटनाशक र मल अनुदानमा पाइएको छ ।”
बस्तीका सबै घरमा विद्युत् थिएन । हाल अधिकांश परिवारका घरमा विद्युत् पुगेको छ । विद्युत् नपुगेका घरमा विद्युत् पु¥याउनका लागि पोल गाड्ने कार्य भइरहेको छ ।
गाउँमा आधारभूत तहको कक्षा तीनसम्म पढाइ हुने एक मात्रै विद्यालय रहेको छ । तीन कक्षापछि पढ्नका लागि टाढाको विद्यालयमा बालबालिकालाई पर्याउन अभिभावक आफैंले जानुपर्दछ बुद्धिराम चौधरीले भने, “जंगलको बाटो भएकाले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकिदैन । नगरपालिकामा कक्षा ८ सम्म पढाइ हुने व्यवस्था मिलाइ दिन नगर प्रमुख समक्ष कुरा राखेका छौं । सकारात्मक जफाव पाएका छौं ।”
खानेपानीका लागि गाडेका नल्कामा आर्सेनिक आउने हँुदा शुद्ध पानीका लागि कार्य अगाडि बढेको छ । सिँचाइका लागि दातृ निकायको सहयोगमा वर्षौ पहिले गाडेका बारिङमा पानी आउन बन्द भएको छ भागरथी रानाले भने, “नगरपालिकाको वडा कार्यालयले यसका लागि कार्य अगाडि बढाएको छ, सिँचाइ सुविधा चाडै पुग्नेमा आशावादी छौं ।”
यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई वर्षेनी डुबानमा पार्दै आएको छ । नदीको बाढीको पानी सुर्जा खोलामा चढेर बस्तीमा पुगेर डुबानमा पार्दै आएको छ । नदीले जग्गा कटान गर्दा यहाँका ६ घरपरिवार विस्थापित भइसकेका छन् ।
स्थानीय बासिन्दाले बाढी नियन्त्रण गर्नका लागि नगरपालिकालाई गुहारेका छन् । नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले नदी नियन्त्रणका लागि प्रभावकारी योजना सञ्चालन गर्ने बताए । नदीका कारण स्थानीय बासिन्दालाई विस्थापित हुनबाट जोगाउनका लागि भरपर्दो तटबन्ध र अन्य विपद् प्रतिकार्यका कार्य अगाडि बढाइने उनले बताए।
गाउँका केही परिवारले व्यावसायिक तरकारीखेती, केराखेती र उखुखेती गर्दै आए पनि अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । गाउँमा एक सय ६६ परिवारको बसोवास रहेको छ ।
Comments
अरु समाचार
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
रास्वपाको पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए ? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित...











