म्याग्दिबाट अठार मेट्रिक टन जडीबुटी निकासी
म्याग्दी ३१,असार । पहाडी जिल्ला म्याग्दीबाट आर्थिक वर्ष २०७४-७५ मा करीब १८ मेट्रिक टन जडीबुटी निकासी भएको छ ।
म्याग्दीका वनजंगलमा संकलन गरिएका ११ प्रजातिका १७ हजार ९७४.२५ किलोग्राम जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । जडीबुटी निकासीका लागि अनुमति दिएवापत रु दुई लाख ७१ हजार ८० राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए ।
सबैभन्दा बढी १२ हजार ९७२ किलोग्राम खोटो निकासी भएको छ । छ सय किलोग्राम नागबेली, ४३० किलोग्राम कुटुकी, ८५० किलोग्राम लोत्ता, ४३५ किलोग्राम सतुवा, एक हजार १९० किलोग्राम भिरमह, एक हजार ७० किलोग्राम विष जरा, ६० किलोग्राम जटामसी, २.६५ किलोग्राम यार्सागुम्बा, ८४ं.६ किलोग्राम वनलसुन र २८० किलोग्राम साधारण च्याउ निकासी भएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा १५ प्रजातिका चार हजार ७८४.७ र २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलोग्राम जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यस वर्ष करीब रु आठ लाख अनुदान उपलब्ध गराएको छ ।
बेनी नगरपालिका–९ घतानको निलपहरा सामुदायिक वनमा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रको भवन निर्माण गर्न र धवलागिरि गाउँपालिका–७ धारापानीको नेप्लिज ह्याडिक्राफ्ट उद्योगलाई अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्ने औजार खरिद गर्न रु तीन लाख ९० हजारका दरले अनुदान उपलब्ध गराएको जिल्ला वन अधिकृत माधव देवले जानकारी दिए ।
उनले यस वर्ष म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिमुरको खेती विस्तार र रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको कृष्ण तालाबन्दी सामुदायिक वन समूहमार्फत डेढ हेक्टर क्षेत्रफलमा सतुवा जातको जडीबुटीखेती शुरु गरिएको जानकारी दिए।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












