स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक छ : मुख्यमन्त्री पौडेल
चितवन ३१,असार । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताए ।
सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताए।
नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आँखा उपचार केन्द्रका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साउनदेखि विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो । अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्दछ भन्नुभयो ।
उनले भने, “प्रदेश सरकारले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्ने छ ।”
नेपाल नेत्रज्योति संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्र, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेश नं ३ का कृषि, भूमिसुधार तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद घनश्याम दाहाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के लगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा यस आर्थिक वर्षमा एक लाख ५१ हजार जना आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ चितवनले नवलपरासी, पर्सा, बारा, धादिङ जिल्लामा सेवा दिँदै आएको छ । संघको अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दै छ
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












