ढिलै भएनि निर्माण सम्पन्न भयो ढल्केबर सवस्टेशन
काठमाडौँ ३१, असार । तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ । सो सवस्टेशनलाई नेपालको प्रसारण हवका रुपमा समेत लिइने गरिन्छ ।
चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ २०७१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १५ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको समयभन्दा तीन वर्ष ढिला गरी सवस्टेशन निर्माण सम्पन्न भएको छ ।
तर ठेकेदारले तोकिएअनुसारको काम नगरेपछि प्राधिकरणले सन् २०१७ को २२ सेप्टेम्बरमा ठेक्का सम्झौता रद्द गरेको थियो । सो सवस्टेशन निर्माणका लागि शुरुमा चिनियाँ ठेकेदार सिसिपिजीले लिएको थियो ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १६० एमभिए क्षमताको दुई वटा ट्रान्सफर्मर चार्ज भएको बताए ।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सवस्टेशनमा २२०÷१३२ केभी क्षमताको सवस्टेशनको एउटा ट्रान्सफर्मर शनिबार साँझ र अर्को आज अपराह्न परीक्षण गरिएको हो ।
ठेक्का तोडिएपछि सो सवस्टेसनको काम अन्योलमा फसेको थियो । नेपालका अधिकांश सवस्टेशनको क्षमता १३२ केभीमात्रै रहेको अवस्थामा आज चार्ज भएको ढल्केबर सवस्टेशनको क्षमता २२० केभी रहेको छ ।
आगामी वर्ष सोही सवस्टेशनको क्षमता बढाएर ४०० केभी पुर्याइने प्रवक्ता अधिकारीको भनाइ छ ।
तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले २०७३ साल भदौ ४ गते चिनियाँ ठेकेदार सिसिपिजीलाई चार महिनाभित्र सवस्टेशनको निर्माण सक्न निर्देशन दिएका थिए।
तर मन्त्री शर्माको निर्देशनअनुसार काम हुन सकेन । पटक पटक म्याद थप गरियो । त्यसपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि ठेकेदार कम्पनीलाई राष्ट्रिय आवश्यकताको सम्मान गर्दै समयमा नै काम सम्पन्न गर्न २०७४ साउन २६ गते निर्देशन दिए ।
तर निर्माण प्रक्रियाले गति लिन सकेन । बाध्य भएर प्राधिकरणले गत साल असोज ६ गते ठेक्का सम्झौता रद्द गर्यो ।
चिनियाँ ठेकेदारसँग ठेक्का सम्झौता तोडिँदा सवस्टेशनको काम ९० प्रतिशत पूरा भएको थियो ।
तोकिएअनुसारका काम सम्पन्न गर्ने लक्ष्यसहित प्राधिकरणले भारतीय ठेकेदार टेल्मसलाई जिम्मा दियो । पावर ट्रान्सफर्मर सप्लाइ र जडानका लागि पहिले नै अलग ठेक्का पाएको कम्पनी एम्कोले जिम्मा लिएको एक वर्षको अवधिमा नै सवस्टेशन चार्ज भएको छ, प्रवक्ता अधिकारीले जानकारी दिए ।
सवस्टेशन २२० केभीमा चार्ज भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट २६० मेगावाट बढी विद्युत् आयात तथा निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ ।
आगामी वर्ष सवस्टेशनको क्षमता बढेर ४०० केभी पुग्ने र त्यसबाट एक हजार मेगावाट क्षमताबराबरको विद्युत् आदानप्रदान गर्न सकिनेछ ।
हाल १३२ केभी क्षमताबाट १६० मेगावाटबराबरको विद्युत् आयात भइरहेको छ । सोही सवस्टेशन भएर आउने अन्तरदेशीय प्रसारण लाइनको विद्युत् नेपालका लागि सस्तो रहेको छ ।
ढल्केबरमा २२० केभी सवस्टेशन सञ्चालनमा आएपछि अन्य नाकाबाट आयात हुने बिजुली कटौती गरी सोही प्रसारणलाइनबाट आपूर्तिको तयारी पनि गरिएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनका लागि प्राधिकरणले वार्षिक रु एक अर्बभन्दा बढी रकम उपलब्ध गराउँदै आएको छ ।
इनर्जी बैंकिङका लागि मार्ग प्रशस्त
आगामी पुस समान्तसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा छ । सो आयोजना सम्पन्न भएपछि आगामी वर्षको बर्खामा विद्युत् खेर जाने अवस्था आउने प्राधिकरणले प्रक्षेपण गरेको छ । माथिल्लो तामाकोशीका अतिरिक्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत् उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात कम हुनेछ । बढी भएको विद्युत् भारत पठाउनका लागि सोही सवस्टेशन प्रयोग गरिनेछ ।
केही दिन पहिले सम्पन्न नेपाल–भारत ऊर्जा आदानप्रदान समितिको बैठकले इनर्जी बैंकिङको अवधारणा कार्यान्वयनमा ल्याउने सहमति गरेको छ ।
वर्षात्मा बढी भएको बिजुली भारतलाई दिने र हिउँदमा भारतबाट आयात गर्नका लागि ऊर्जा बैंक स्थापनाका विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच पटक पटक छलफल भई एउटा निष्कर्षमा पुगिसकेको छ । त्यसका लागि भारतको मुजफ्फरपुरमा जडान गरिएको १६० एमभिएको ट्रान्सफर्मरसमेत परिवर्तन गर्नुपर्छ । ट्रान्सफर्मरलगायत अन्य प्राविधिक तयारीका लागि प्राधिकरणको प्राविधिक टोली मुजफ्फरपुर जाने तयारी थालिएको छ
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











