प्रदेश ७ मा नाम र स्थायी राजाधानी तोक्न बहस
धनगढी, ३१ असार । प्रदेश नं ७, प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य डा. रणबहादुर रावलले प्रदेशको नामाकरण र स्थायी राजधानीका सम्बन्धमा छलफल अघि बढाउन ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता रावलले प्रदेश नं ७ को राजधानी र नामाकरणका सम्बन्धमा प्रतिपक्षीबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको प्रस्तावमाथि छलफल अघि बढाउन र बाढीपहिरो डुबान प्रभावितलाई राहत दिने विषयमा गम्भीर हुन आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर धामीले दार्चुलामा बाढीपहिरोका कारण ६ विद्यालयमा पढाई अवरुद्ध भएकाले कक्षा सञ्चालन गर्न पहल गर्नुपर्ने र बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराउन माग गरे ।
बैठकले मुख्य न्यायधिवक्ताको काम कर्तव्य अधिकार र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत भएको प्रस्तावलाई स्वीकृति दिएको छ ।
यसैगरी प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले पनि स्वीकृति दिएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले यी दुवै विधेकलाई बैठकमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयक प्रमाणीकरण
प्रदेश प्रमुख मोहनराज मल्लले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, र सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रमाणीकरण गरेको जानकारी सभामुख अर्जुनबहादुर थापाले बैठकमा गराए ।
यसैगरी प्रदेश प्रमुख मल्लले प्रदेश नं ७ प्रदेश आकस्मिक कोषको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश नं ७ प्रदेश सरकारको अर्थ व्यवस्था प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५, र प्रदेश नं ७ प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई पनि प्रमाणीकरण गरेका छन् ।
Comments
अरु समाचार
-
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी, कसुर के हो?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई स्पष्टीरकण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न विषयमा पार्टी हितविपरित...
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...
-
नेपाल बार एसोसिएसनको बैठक: प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउँदै
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे समान धारणा बनाउन आजका लागि...
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...












