एडिडासलाइ पछिपार्दै नाइक भयो बिश्वकप बिजेता
काठमाण्डाैँ ३२, असार । आइतबार राति मस्कोमा सम्पन्न भएको फिफा विश्वकपको फाइनल फ्रान्स र क्रोएसियाबीच भएको थियो । तर,पर्दा पछाडि ब्यापारिक महासङग्राहाम भने नाइक तथा एडिडासबीच भएको छ । विश्वकप फुटबल खेलकुदका सामग्री उत्पादन गर्ने कम्पनीका लागि एउटा ठूलो व्यापारिक सपना हो ।
नाइक र एडिडास दुवैले विश्वकपमा आफूले गरेको खर्च सार्वजनिक गर्दैनन् । तर, विश्लेषकहरू बाताउछन २०१४ मा एडिडासले प्रायोजनमा १ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरेका छन् । २०१४ को विश्वकपको फाइनलमा एडिडासले नै प्रयोजन गरेको अर्जेन्टिना र जर्मनी फाइनलमा थिए ।
त्यस्तै, २०१४ मा विश्वकपकै कारण नाइकले आफ्नो व्यापार ३६ प्रतिशतले बढेको बताएको थियो । जर्मनीको कम्पनी एडिडासले जर्मनले नै २०१४ विश्वकप जितेपछि २ अर्ब यूरो बराबरको खेल सामग्री बेचेको थियो ।
एडिडासले १९७० देखि नै फिफालाई प्रायोजन गर्दै आएको छ । उसले बल ब्राण्डिङ, रेफ्रीले प्रयोग गर्ने सामग्री र स्टेडियम वरपर प्रचार सामग्रीमा खर्च गर्दै आएको छ । तर, नाइकको व्यापार शैली भने अलि फरक छ । उसले खेलाडी र टिमलाई प्रायोजन गर्ने गर्छ । उसले खेलाडीले लगाउने सबै सामग्रीमा प्रायोजन गर्ने गरेको छ ।
रसिया विश्वकपमा एडिडासले १२ टिमलाई प्रयोजन गरेको थियो । जसमा जर्मनीपनि समावेश थियो र जर्मनीलाई उसले ५६.७ मिलियन अमेरिकी डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले फ्रान्सको टोलीलाई ५६ मिलियन डलर र इंग्ल्याण्डलाई ४० मिलियन डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले धेरै लगानी गरेका दुवै टोली सेमिफाइनलमा पुगे । एडिडासले प्रायोजन गरेको बेल्जियम मात्रै सेमिफाइनलमा पुगेको थियो । बेल्जियमलाई सेमिफाइनलमा फ्रान्सले १–० ले हराएको थियो ।
एडिडास फुटबल सामग्री उत्पादन गर्ने विश्वको एक नम्बर ब्राण्ड हो । उसको विश्व बजारमा २९ प्रतिशत हिस्सा रहेको बताइएको छ । नाइक भने अमेरिकमा मात्रै एडिडाससंग प्रतिस्पर्धामा छ । टिमलाई कसले प्रायोजन गर्यो भन्ने त्यति महत्वपूर्ण हुँदैन । किनकी प्रत्येक खेलाडीले आफुलाई मन पर्ने ब्राण्ड सामग्री प्रयोग गर्न पाउँछन् । यसपालीको विश्वकपमा करिब ६५ प्रतिशत खेलाडीले नाइकको जुत्ता लगाएका छन् । यसपालिको बिआ्वकपमा सेमिफाइनल सम्म भएका १५० गोलमध्ये ९४ गोल नाइकका बुट लगाउने खेलाडीले गरेका हुन् । यसले नाइकको ब्राण्डको बढोत्तरिमा ठूलो सहयोग पुर्याएको विश्लेषकहरू बताउँछन् ।
गोल्डेन बुटका दावेदारहरू ह्यारी केन, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरुग्वेका एडिन्सन काभानीले नाइकको बुट लगाएका थिए । एडिडासको बुटचाहिँ अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डी मारियाले लगाएका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












