एडिडासलाइ पछिपार्दै नाइक भयो बिश्वकप बिजेता
काठमाण्डाैँ ३२, असार । आइतबार राति मस्कोमा सम्पन्न भएको फिफा विश्वकपको फाइनल फ्रान्स र क्रोएसियाबीच भएको थियो । तर,पर्दा पछाडि ब्यापारिक महासङग्राहाम भने नाइक तथा एडिडासबीच भएको छ । विश्वकप फुटबल खेलकुदका सामग्री उत्पादन गर्ने कम्पनीका लागि एउटा ठूलो व्यापारिक सपना हो ।
नाइक र एडिडास दुवैले विश्वकपमा आफूले गरेको खर्च सार्वजनिक गर्दैनन् । तर, विश्लेषकहरू बाताउछन २०१४ मा एडिडासले प्रायोजनमा १ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरेका छन् । २०१४ को विश्वकपको फाइनलमा एडिडासले नै प्रयोजन गरेको अर्जेन्टिना र जर्मनी फाइनलमा थिए ।
त्यस्तै, २०१४ मा विश्वकपकै कारण नाइकले आफ्नो व्यापार ३६ प्रतिशतले बढेको बताएको थियो । जर्मनीको कम्पनी एडिडासले जर्मनले नै २०१४ विश्वकप जितेपछि २ अर्ब यूरो बराबरको खेल सामग्री बेचेको थियो ।
एडिडासले १९७० देखि नै फिफालाई प्रायोजन गर्दै आएको छ । उसले बल ब्राण्डिङ, रेफ्रीले प्रयोग गर्ने सामग्री र स्टेडियम वरपर प्रचार सामग्रीमा खर्च गर्दै आएको छ । तर, नाइकको व्यापार शैली भने अलि फरक छ । उसले खेलाडी र टिमलाई प्रायोजन गर्ने गर्छ । उसले खेलाडीले लगाउने सबै सामग्रीमा प्रायोजन गर्ने गरेको छ ।
रसिया विश्वकपमा एडिडासले १२ टिमलाई प्रयोजन गरेको थियो । जसमा जर्मनीपनि समावेश थियो र जर्मनीलाई उसले ५६.७ मिलियन अमेरिकी डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले फ्रान्सको टोलीलाई ५६ मिलियन डलर र इंग्ल्याण्डलाई ४० मिलियन डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले धेरै लगानी गरेका दुवै टोली सेमिफाइनलमा पुगे । एडिडासले प्रायोजन गरेको बेल्जियम मात्रै सेमिफाइनलमा पुगेको थियो । बेल्जियमलाई सेमिफाइनलमा फ्रान्सले १–० ले हराएको थियो ।
एडिडास फुटबल सामग्री उत्पादन गर्ने विश्वको एक नम्बर ब्राण्ड हो । उसको विश्व बजारमा २९ प्रतिशत हिस्सा रहेको बताइएको छ । नाइक भने अमेरिकमा मात्रै एडिडाससंग प्रतिस्पर्धामा छ । टिमलाई कसले प्रायोजन गर्यो भन्ने त्यति महत्वपूर्ण हुँदैन । किनकी प्रत्येक खेलाडीले आफुलाई मन पर्ने ब्राण्ड सामग्री प्रयोग गर्न पाउँछन् । यसपालीको विश्वकपमा करिब ६५ प्रतिशत खेलाडीले नाइकको जुत्ता लगाएका छन् । यसपालिको बिआ्वकपमा सेमिफाइनल सम्म भएका १५० गोलमध्ये ९४ गोल नाइकका बुट लगाउने खेलाडीले गरेका हुन् । यसले नाइकको ब्राण्डको बढोत्तरिमा ठूलो सहयोग पुर्याएको विश्लेषकहरू बताउँछन् ।
गोल्डेन बुटका दावेदारहरू ह्यारी केन, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरुग्वेका एडिन्सन काभानीले नाइकको बुट लगाएका थिए । एडिडासको बुटचाहिँ अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डी मारियाले लगाएका थिए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












