ठगी शिकार बने दिक्तेलका किसान
खोटाङ ३२, असार । अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो ।
केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई दर्जनभन्दा बढी किसान ठगीमा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फार्मका प्रबन्ध निर्देशक रमेश राईका अनुसार अर्बा नामको इजरायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गरेका व्यक्तिले प्रतिफार्म-व्यक्तिबाट रु दुई लाख ५० हजारका दरले रकम उठाएका थिए ।
पीडित किसानका अनुसार आफ्नै खातामा रु दुई लाख ५० हजार जम्मा गरेबापत अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि उनीहरु ठगीमा परेको पाइएको छ । “हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मख्ख परियो,” ठगीमा परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईले भने – “खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकालेपछि फरार भएछन् । हामीमाथि भएको ठगी प्रकरणको छानविन गरी पाऊँ ।”
ठगिएका किसानका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाडौँबाट तीनजना र ज्योति विकास बैंकबाट एकजनाको गत असार २८ गते रकम चोरी भएको पाइएको हो । यसबाहेक अन्य किसानको पनि चोरी भएको तर जानकारी भने नआइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठगीमा पर्नेमध्ये अहिलेसम्म २० जनाले कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने अपरिचित व्यक्तिलाई खाली चेक दिएपछि चोरी भएको पाइएको बताए।
प्रनाउ थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकबाट निकालिएको पाइएको छ । ठगी गरी फरार भएका अपराधीको खोजी कार्य शुरु गरिएको प्रनाउ थापाले जानकारी दिए ।
ठगिनेमा निर्मलीडाँडा, दोर्पा, नेर्पा, दिक्तेल, बाम्राङ, बुइपा, गोपेनीलगायतका किसान रहेका छन् । किसानलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने व्यक्ति करीब डेढ महिनाअघि खोटाङ आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












