ठगी शिकार बने दिक्तेलका किसान
खोटाङ ३२, असार । अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो ।
केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई दर्जनभन्दा बढी किसान ठगीमा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फार्मका प्रबन्ध निर्देशक रमेश राईका अनुसार अर्बा नामको इजरायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गरेका व्यक्तिले प्रतिफार्म-व्यक्तिबाट रु दुई लाख ५० हजारका दरले रकम उठाएका थिए ।
पीडित किसानका अनुसार आफ्नै खातामा रु दुई लाख ५० हजार जम्मा गरेबापत अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि उनीहरु ठगीमा परेको पाइएको छ । “हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मख्ख परियो,” ठगीमा परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईले भने – “खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकालेपछि फरार भएछन् । हामीमाथि भएको ठगी प्रकरणको छानविन गरी पाऊँ ।”
ठगिएका किसानका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाडौँबाट तीनजना र ज्योति विकास बैंकबाट एकजनाको गत असार २८ गते रकम चोरी भएको पाइएको हो । यसबाहेक अन्य किसानको पनि चोरी भएको तर जानकारी भने नआइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठगीमा पर्नेमध्ये अहिलेसम्म २० जनाले कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने अपरिचित व्यक्तिलाई खाली चेक दिएपछि चोरी भएको पाइएको बताए।
प्रनाउ थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकबाट निकालिएको पाइएको छ । ठगी गरी फरार भएका अपराधीको खोजी कार्य शुरु गरिएको प्रनाउ थापाले जानकारी दिए ।
ठगिनेमा निर्मलीडाँडा, दोर्पा, नेर्पा, दिक्तेल, बाम्राङ, बुइपा, गोपेनीलगायतका किसान रहेका छन् । किसानलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने व्यक्ति करीब डेढ महिनाअघि खोटाङ आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












