मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन
कञ्चनपुर ४,साउन । मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ ।
स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो ।
समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण सहभागिता गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरी तथ्याङ्क संकलन कार्य भइरहेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका, कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा घरघुरी सर्भेक्षणसँगै अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य भइरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ र एनएलआरको संयुक्त साझेदारीमा सञ्चालित समावेशी विकास कार्यक्रमका अधिकृत राजीव अवस्थीले बताए । घरधुरी सर्वेक्षण तथ्याङ्क संकलन कार्यलाई व्यवस्थित बनाउन प्रत्येक वडाबाट सिफारिस गरिएका तथ्याङ्क संकलनकर्तालाई दुईदिने तालीम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको छ ।
“तथ्याङ्क संकलनको कार्यलाई छिटो छरितो बनाउनका लागि मोबाइल एप्सको प्रयोग गरी जिपिएस फोटोसहितको तथ्याङ्क संकलन गरी सफ्टवेयर व्यवस्थापनमार्फत स्थायीको घर नम्बरसहितको डिजिटल तत्थ्याङ्क संकलनको कार्य गरेका छौँ”, उनले भन्छन ।
हालसम्म संकलित तथ्याङ्कअनुसार कैलालीको गौरीगंगा नगरपालिकाका पाँच हजार ९०७ घरघुरीमध्ये एक हजार १६७ जना व्यक्ति अपाङ्गता भएका पाइएका छन् । जसमध्ये १६९ जनाले मात्रै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।
यसैगरी लालझाडी गाउँपालिकाका एक हजार १५३ घरघुरीको तथ्याङ्क संकलन गरिएकामा जसमध्ये ४११ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । अपाङ्गता भएका व्यक्तिमा ७१ जनाले परिचयपत्र पाएका छन् ।
शुक्लाफाँटा नगरपालिकामा अपाङ्गता पहिचान तथ्याङ्कमात्र संकलन गरिएको छ । जसअनुरुप हालसम्म सात हजार ७३३ घरधुरीको तत्थ्याङ्क संकलन गरिएको छ जसअन्तर्गत ४११ जना अपाङ्गता भएका व्यक्तिमध्ये २२० जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको पाइएको छ ।
बेलडाँडी गाउँपालिकामा तीन हजार घरधुरीको सर्भेक्षणको कार्य गरिएको छ । अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन भइरहेको छ । तथ्याङ्क संकलनका लागि गौरीगंगामा ३५, लालझाडीमा २२, बेलडाँडीमा २१ र शुक्लाफाँटामा ३० जना गणक खटिएका छन ।
Comments
अरु समाचार
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...












