सरकार बिरुद्द कसियो मोर्चाबन्दि ,अब के गर्छ सरकार ?
काठमाडौं ५,साउन । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सरकार बाहिर रहेका राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् । उनीहरुले डा. केसीको माग पूरा गराउन सरकारसँग आग्रह गरेका छन् । उनको यो १५ औं अनशन हो ।
डा. केसीले उठाएका मागहरु सबै जायज भएको जिकिर गर्दै कांग्रेस सभापति देउवाले उनको जीवन रक्षाका लागि सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गरे । केसीलाई राखिएको उपचार कक्षमै सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, “डा. केसीका सबै माग जायज छन्
सरकार बाहिर रहेका दलहरु कांग्रेस, राजपा, नयाँ शक्ति नेपाल , बिबेकशिल साझा लगायतका राजनीतिक दलका प्रतिनिधिहरु डा. केसी अनशनरत त्रिवि शिक्षण अस्पतालमा पुगेर उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । सरकारले जुम्लाबाट बल प्रयोग गरेर काठमाडौं ल्याएको भोलिपल्ट शुक्रबार अपरान्ह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रिवि शिक्षण अस्पताल पुगेर सरकासँग माग पूरा गरेर डा. केसीको जीवन रक्षा गर्न माग गरे । आफू नेतृत्वको सरकारले तयार पारेको चिकित्सा शिक्षा अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याएर सरकारले डा. केसीले अघि सारेका सबै मागहरु पूरा गर्नुपर्ने धारणा उनले राखे ।
राष्ट्रिय जनता पार्टीका नेताहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसिका माग प्रर्ति ऐक्यवद्धता जनाएका छन। उनीहरुले डा. केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । स्वास्थ्य अवस्था बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपाका नेताहरुले डा. केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनीहरुले डा. केसीले अघि सारेका मागहरुमा आफ्नो दलको पूर्ण समर्थन रहेकोपनि बताएका छन् । राजपाका नेता राजकिशोर यादवले सरकारले केसीको माग पूरा गरेर जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा जोड दिए । त्यस्तै अर्का नेता अनिल झाले एउटै माग राखेर डा. केसीले पटक-पटक अनशन बस्नुपर्ने अवस्थालाई सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिए ।
डा. केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












