एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए
वासिङ्टन, ५ साउन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ ।
पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हुँदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरुलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजनको आरोप रहेको छ ।
आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । बिदा मनाउनका लागि प्रख्यात रहेको यस स्थलमा पर्यटक जल शयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकाले सो दुर्घटना भएको जनाइएको छ ।
“मेरो हृदय निकै भारी भएको छ, यस पर्यटकीय क्षेत्रमा घुम्न आएका हाम्रो परिवारका हामी दुईजना काका र भतिजमात्र बाँचेका छौँ ।” अस्पतालको बेडबाट कामेको स्वरमा पर्यटक तिया कोलेम्यानले एक सञ्चारमाध्यमलाई बताएका छन् ।
सो दुर्घटनामा मरेकामध्ये केही बालबालिका रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ ।
स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनामा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











