काङ्ग्रेसले मनायो विपि स्मृति दिवस, देउवाले गरे विदेश भ्रमण रद्द
काठमाडौं ६, साउन । कांग्रेसले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै नेताहरुले विपिको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे ।
विपिको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।
“हामी प्रजातन्त्रवादी हौं । हिजो पञ्चायतसँग लड्यौं । राणासँग लड्यौं । कम्युनिष्टसँग लड्न परे हामी लड्ने छौं । कम्युनिष्टसँग लड्नका लागि सबैलाई एकजुट हुन आग्रह गर्दछु,’’ उनले भने ।
डा. गोविन्द केसीले उठाएका माग जायज भएको दाबी गर्दै कांग्रेस सभापति देउवाले केसीका माग सरकारले पूरा गर्नुपर्ने माग दोहोर्याए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विकसित राजनीतिक घटनाक्रम देखाएर आफ्नो विदेश भ्रमण रद्द गरेका छन् ।
कांग्रेस मुख्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा केहि दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजर राखी देउवाले आफ्नो ७ दिनको विदेश भ्रमण स्थगित गरेको उल्लेख छ ।
देउवा जापान र सिंगापुर भ्रमणका लागि आज त्यसतर्फ प्रस्थानगर्ने कार्यक्रम थियो ।
डा.गोविन्दै केसी प्रकरणलगायतका विषयमा विपक्षी दल कांग्रेस सडक आन्दोलनको घोषणा गरेको छ ।
हिजोमात्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप भएको थियो ।
हिजो नै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी अनसनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका थिए ।
सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका थिए ।
सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेपनि वार्ता हुन सकेको छैन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












