नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध
बाजुरा, ८ साउन । बडिमालिका नगरपालिका–८ स्थित त्रिवेणी साना जलविद्युत् केन्द्रको सोमबार राति आएको अविरल वर्षाका कारण नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध बनेको छ ।
त्रिवेणी सहकारीद्वारा सञ्चालन हुँदै आएको उक्त जलविद्युत् केन्द्रको पटक पटक नहर तथा पहिरो पुरिन थालेपछि जिल्लावासी अँध्यारोमा बस्न बाध्य भएका छन् । राति ९ः०० बजेको वर्षाका कारण नहरको तलपट्टिबाट पहिरो आएपछि नहर भत्केको त्रिवेणी साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।
विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम एवं सेवाग्राही मारमा परेका छन् । विद्युत्को नहर भत्किने, यन्त्रमा खराबी आउने जस्ता समस्या भए पनि सहकारीले कुनै चासो नदेखाएको विद्युत् सेवाग्राहीले गुनासो गरेका छन् । विद्युत् सेवा नियमित नहुँदा स्थानीयवासी मारमा परेका छन् ।
विद्युत्को नहरमा पाइप प्रयोग गरेर आज बेलुकीसम्म विद्युुत् सेवा पुनः सञ्चालन हुने जलविद्युत् केन्द्रका व्यवस्थापक पण्डितको भनाइ छ । नहर निर्माणका लागि कर्मचारीले काम गरिरहेकाले आज बेलुकीसम्म विद्युत् आउने सम्भावना रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











