जापानमा प्राकृतिक विपत्तिको घोषणा, एक हप्तामा गर्मीले ६५ जनाको ज्यान गयो
टोक्यो, ८ साउन । जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो ।
साथै अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन २२ हजार ६४७ जना अस्पताल भर्ना भएका प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ ।
यद्यपी प्रकोप नियन्त्रण विभागका अनुसार जुलाइदेखि जापानमा तातो हावाको कारण ८० व्यक्तिको मृत्यु हुनुको साथै ३५ हजार उपचारार्थ अस्पताल भर्ना भएका छन् ।
केही दिनयता यहाँको तापक्रम अनायासै बढेपछि त्यहाँका सरकारले आफ्नो जनतालाई अनावश्करुपमा घाममा ननिस्कन सूचना जारी गरेको जनाएको छ ।
सोमबार टोक्योको बाहिरी इलाकामा रहेको कुमागाया शहरको सैतामा क्षेत्रमा ४१.१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको रिकर्ड गरिएको छ ।
यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्कमा रहेको जनाएको छ । यसैबीच क्योतो सहरमा लगातार एक हप्ता बढी समययता ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।
जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
जापानको शिक्षा मन्त्रालयले विद्यालयलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ ।
त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठनपाठन पनि बन्द गराइएको छ । अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालय बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन् ।
जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो ।
उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।
यसलाई कतिपय मौसमविद्ले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीले भने केही बताएका छैनन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












