पूर्णचन्द्र थापा आजदेखि प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै, को हुन पूर्णचन्द्र थापा यस्तो छ उनको नालिबेली !
काठमाडाैं २४, साउन । प्रधानसेनापतिले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ। साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन् । एक महिनाअघि बिदामा बस्ने परम्पराअनुसार उनले साउन २४ गतेदेखि बिदामा बस्ने छन्। सोही दिनदेखि थापाले सेनाको कमाण्ड सम्हाल्नेछन् ।
सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो। बिहीबारको मन्त्रिपरिषद्को बैठकले २४ गतेदेखि लागू हुने गरी थापालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
रथी पुर्णचन्द्र थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन् । यसअघि फोर्स कमाण्डरका रुपमा सेनावाट वालानन्द शर्मा,पवनजंग थापा,कृष्ण नारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन् ।२०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए ।
सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ वाहिनीको वाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरीसकेका छन् । यसवाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत,सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिंग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक र कार्यरथी तथा संभाररथी विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् ।
रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्।थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । त्यसैगरी, उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए ।
संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाईटेड नेशन्स् मिशन ईन नेपाल (जेएमसिसी) अन्तर्रगत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।
लम्जुङको पाखाथोकमा जन्मिएका थापा अवकास प्राप्त प्रमुख सेनानी फणेन्द्र बहादुर थापाका छोरा हुन्।उनका दाजु रोहित थापाले पनि शसस्त्र प्रहरीको एआईजीवाट अवकास पाएका थिए । रथी थापा सुप्रवल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ती पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भइसकेका छन् । रथी थापा हाल बलाधिकृत बिभागमा कार्यरत रहेका छन् ।
Comments
अरु समाचार
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...












