इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
जकार्ता १३, साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।
भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो ।
अमेरिकी जियालजिकल सर्भेका अनुसार भूकम्पको गहिराई जमिनको सतहबाट ७ किलोमिटर मुनि रहेको थियो । लोम्बोक जिल्लाको पूर्वी भेग सबैभन्दा बढी प्रभावित रहेको थियो जहाँ आठ जनाको मृत्यु भएको इन्डोनेसियाली विपद् पुनरुद्धार संस्थाले जनाएको छ । ठूलै संख्यामा भवनहरुमा क्षति पुगेका कारण मर्नेको संख्या अरु बढ्न सक्ने सो संस्थाले जनाएको छ ।
करिब १० सेकेन्डसम्म गएको उक्त भूकम्पको धक्का प्रान्तीय राजधानी मातारामसम्म अनुभव गरिएको थियो । भूकम्पकै कारण माउन्ट रिन्जानीको आसपास पहिरो गएको छ । स्थानीय अधिकारी नुग्रोहोका अनुसार भूकम्पको धक्का अनुभव गर्नासाथ मानिसहरु घरबाट बाहिर निस्कनुका साथै भागदौड मच्चिएको थियो ।
इन्डोनेसियाको बाली झैं लोम्बोक पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण सामुद्रिक तट र पहाडले सुपरिचित छ ।
इन्डोनेसिया भूकम्पीय खतराको सूचीमा रहेको मुलुक हो । डिसेम्बर २००४ मा सुमात्रा आसपास ९.१ म्याग्नीच्यूडको ठूलो भूकम्प गएको थियो । उक्त भूकम्पबाट सिर्जित सुनामीका कारण करिब एक दर्जन मुलुकका २३,००० जनाको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











