जनगुनासोलार्इ सम्बोधन गर्दै काममा तिव्रता दिन सरकारलार्इ उपराष्ट्रपतिको अाग्रह
काठमाण्डौ, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको गुनासालाई सम्बोधन गर्दै आफ्नो काममा तिव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
२४ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवाडर्स् एसोसिएसनले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले सरकारको कामका बारेमा गुनासोहरू आइरहेको भन्दै कामलाई तिव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सरकारको काम गर्ने गति कम भए पाँच वर्षमा विकास र समृद्धिको कामहरू सम्पन्न हुन नसक्ने जिकिर गरे । उनले तेश्रो मुलुकबाट आउने सामानहरू भारतको बन्दरगाह मात्र रहेको भन्दै अन्य विकल्प पनि खोज्नुपर्ने बताए ।
नेपालमा चीन, भारत र नेपालबीचको रेलमार्गका विषयमा अध्ययन भइरहेको भन्दै जलमार्गलाई पनि सरकारले प्राथमिकतामा राख्नु सकारात्मक विषय भएको धारणा राखे । स्वदेशी उत्पादनको गुणस्तरीयतामा ध्यान दिन उद्योगी–व्यवसायीलाई उनले आग्रह गरे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले पारावहन सन्धिलाई पुनरावलोकन गर्नुपर्ने बताइन् । उनले निजी रेलवेलाई पनि नेपालमा भित्र्याउन पहल गर्नुपर्ने भन्दै यसले आयात निर्यातमा सहयोग पुग्ने जिकिर गरे ।
कार्यक्रममा सहभागीहरूले नेपालको निर्यात् र आयातमा कार्गो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यस क्षेत्रलाई बृहत पार्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












