कांग्रेसको अगाडि निरीह ने क पा, कपोलकल्पित अभिव्यक्ति दिएका गगन थापालाई के गर्छ?सरकार…
काठमाडौं १४, साउन । केहि समय पहिले गलत अभिव्यक्ति दिएको भन्दै कानुन मन्त्रीको एकहोरो खेदो खन्न सुरु भएपछि उनले सार्वजनिक रुपमा माफी मागे तर, यतिले मात्रै उनको मन्त्री पद जोगाइराख्न सकेन । अन्त्तत: उनले पदबाट राजीनामा दिएर निस्कनु पर्यो ।
यस्तै, बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईका विरुद्ध पनि चर्को रुपमा आवाज उठिरहेको छ चाहे त्यो संसदमा होस या सामाजिक संजालदेखि पिपल चाैतारीसम्म !
घटनाले उग्र रुप लिदै प्रसाईँमाथी संसदमा जरुरी महत्वको प्रस्ताव समेत दर्ता भएको छ । विपक्षी कांग्रेसले उनको विरुद्ध प्रस्ताव दर्ता गराईरहँदा भने यस्तै विवादित अभिव्यक्ति दिने कांग्रेसका सांसद गगन थापाका बारेमा भने न संसदमा कुरा उठेको छ न आम मानिसकाबीच ।
ने क पाको बहुमत भएका बेला यसरि एकहोरो खेदाई भोग्दै ने क पा कांग्रेसकासामू निरिह जस्तै देखिएको छ भने, यता सरकारका मन्त्रीहरुले सन्तुष्टिजनक काम नगरेको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुको मार्कसिट बनाइरहेको भन्ने खवर आइरहेका छन् । ने क पामा अहिले व्यापक असन्तुष्टि रहेको बताइन्छ ।
विदेशमा पढ्न जाने आम विद्यार्थीको भावनामा ठोस पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका कानुन मन्त्री तामाङ र कारवाहीकालागि पहल भइराखेका व्यवसायी प्रसाईँमाथी जसरी आवाज उठ्यो र उठ्दै छ त्यो सामान्य नै हो तर, त्यस्तै अभिव्यक्ति दिएका गगन थापा भने आरामले चैनकासाथ बसिरहेका छन् । उनीमाथी पनि केहि कदम चालिनु पर्छ या पर्दैन यो अब खुल्ला बहसको विषय बन्न पुगेको छ ।
यस्तै, बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएकाे भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ ।
उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।
दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।
आन्दोलित विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै छ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने साहले जानकारी दिए ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












