औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण
नेपालगञ्ज १४, साउन । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ ।
औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ ।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार उद्योग स्थापनाका लागि उद्योगीसँग आशयपत्र माग गरिएको छ । आशयपत्र मागको प्रक्रिया पूरा भएपछि औद्योगिक क्षेत्र निर्माणको काम शुरु हुनेछ । नौवस्ताको ३३८ बिगाह क्षेत्रफलमा स्थापना हुने सो औद्योगिक क्षेत्रमा करीब २०० ठूला र मझौला उद्योग स्थापना गरिने पुन बताउछन् ।
अधिग्रहण गरेको जग्गामा हाल २५८ परिवारको बसोवास रहेको छ । ती परिवारले वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने माग अघि सारेका छन् । सो विषयबारे स्थानीय तहमा दलीय बैठकबाट सहमति जुटाउने प्रयास भइरहेको छ । नेपालगञ्ज बजारको मध्यभागमा स्थापना गर्न लागेकाले वातावरणीय प्रभाव पर्ने हुँदा सहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने देखिएको छ । उद्योगबाट निस्कने धुवाँ र मेसिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौँदेखि उठ्दै आएको छ ।
नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने कार्यालय प्रमुख पुन बताउछन् । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भए यसले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशको अर्थतन्त्रले ठूलो फड्को मार्ने तथा वस्तु उत्पादनमा मुलुक आत्मनिर्भर हुने विश्वास गरिएको छ ।
“नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि उद्योगी व्यापारीको आवश्यक सहयोग रहन्छ,” नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











